OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २८, २०८०जुम्ला,
१०१६ पटक

वैशाख २८ गते । मुगु र हुम्लाको सिमानामा हिमपहिरोमा पुरिएका व्यक्तिको खोजी कार्यलाई तिब्र वनाउन प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले गृहमन्त्रीको ध्यानाकषर्ण गराउनु भएकाे छ  ।

उहाँले विहिवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुगु हिम पहिरोमा पुरिएका तीन जनाको खोजी कार्यका लागि ढिलाई भएको भन्दै ध्यानाकर्षण गराउनु भएको हाे । सांसद लामाले गृहमन्त्री श्रेष्ठलाई भेटेर उद्दारको बिषयमा लेखिएको ध्यानाकर्षण पत्र दिईएको छ ।
पत्रमा भनिएको छ, मिति २०८० साल वैशाख २२ गते मुगु र डोल्पाको सिमा नजिक यार्सागुम्वा टिप्न गएका जुम्लाका १५ जना नागरिक मध्य ३ जना हिम पहिरोमा परि हाल सम्म वेपत्ता भएको विषय जानकारीनै छ । सो घटनामा हिम पहिरोबाट वच्न सफल अन्य ९ जना व्यक्तिहरु घर फर्किएका र कर्ण सार्की सहितका केही व्यक्ति कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुर्खेतबाट हेलिकोप्टरमा पठाएको उद्दार टोलीको साथमा घटना स्थलमा गएको विषय पनि जानकारी गराउदछु ।

उद्दार टोली घटना स्थल गएर हिउँले पुरिएका व्यक्तिको खोजी गर्दा भेटएिका छैनन् उद्दारटोली त्यस क्षेत्रमा भारी हिउँ भएका कारण वस्न नसकी हिडेर छापाखोला फर्केर ६ दिन भईसक्दा वेपत्ता मानिसको शव फेला नपर्दा जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ र आफन्तहरु, जुम्ला अहिले स्तब्ध छ । त्यसैले हिम पहिरोमा परि वेपत्ता भएका जुम्ला पातारासी गाउँपालिका २ का ४२ बर्षिय तारासिंह सार्की, ३८ बर्षिय पूर्णसिंह सार्की, वर्ष ३६ का विर वोहराको खोजी कार्यमा  जोड दिन अनुरोधछ ।

सांसद लामाले घटना स्थलमा उद्दार कार्यका लागि २१ जनाको टोली गएको सुन्न आएकोमा नेपाली सेना सहित थप वल परिचालन गर्न, उद्दार टोलीलाई खोजीकार्यमा स्रोत साधन, खाद्यन्नमा प्रयाप्त मात्रामा परिपुर्ति गरिदिन हुन, हिम पहिरोले वेपत्ता भएका नागरिक भेटिएमा हेलिकोप्टरबाटै घटनास्थलबाट जुम्ला पातारासी तल्फी गाउँमा पुरयाउने व्यवस्था गर्न हुन तथा घटनामा परेका व्यक्तिका परिवारलाई राहातको व्यवस्था गरिदिन भनि पत्र बुझाईएको छ ।

भेटमा गृहमन्त्री श्रेष्ठले घटनाको थप अपडेट गरेर उद्दारमा कुनै कसुर नरासी अगाडि बढ्ने बताउनुभयो । सांसद लामाले गृहमन्त्रीलाई भेटिसकेपछि गृहमन्त्रीको सचिवालयले उद्दारको अवस्था विषयमा मुगु प्रशासनमा अपडेट गरेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर बस्नेतका अनुसारले घटनास्थलमा हिउ परिरहेकाले जिल्लाको २१ जनाको सुरक्षाटोली सिरानचौरमा क्याम्प खडा गरेर बसेको जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमा साथमा गएका दुई जना कर्णसार्की र प्रकाश सार्की विरामी भएपछि घर पठाईएको छ ।

गत वैशाख २२ गते यार्सागुम्वा टिप्न गएका पातारासी गाउँपालिका २ तल्फि गाउँका ३ जनालाई हिउपरोले पुरेको घटनास्थलबाट जोगिएर फर्किएका कर्ण सार्कीले बताए । उहाँका अनुसार मुगु र हुम्लाको सिमाना च्यार्खु लेकनजिक आफुरु हिडिरहेको समयमा हिमपहिरो आएको थियो । हिम पहिरोले १२ जना जोगिन सफल भएका थिए । अहिले नेपाल प्रहरी र शशस्त्रका ११ जना सुरक्षाकर्मी सो क्षेत्रमा गएका छन् ।

 

प्रतिकृया दिनुहोस्