OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,बैशाख २७, २०८० जुम्ला,
४३३ पटक

जुम्लामा प्राईम र यूनियन लाईफ ईन्सोरेन्स कम्पनी मर्ज भएका छन् । ति कम्पनीको केन्द्रीय निति अनुसार जुम्लामा पनि मर्ज भएको घोषणा गरेका छन् ।

देशभर प्राईम,गुराँस र यूनियन फाईल ईन्सोरेन्स मर्ज भएर हिमालय लाईफ ईन्सोरेन्स कम्पन्नीबाट सेवा प्रवाह शुरु गरिएको जानकारी गरिएको छ ।
हिमालय लाईफ ईन्सोरेन्स चुक्ता पुँजीका हिसाबले मुलुककै ठुलो कम्पन्नी बन्ने लक्ष्य सहित मर्ज गरिएको बताईएको छ । हाल हिमालय लाईफ ईन्सोरेन्सको ७ अर्ब ८० करोड चुक्ता पुँजी रहेको जानकारी गरिएको छ । मर्जको जानकारी कार्यक्रममा प्राईम लाईफ जुम्लाका पुर्व प्रमुख करवहादुर शाही, यूनियन लाईफका पूर्व प्रमुख लक्ष्मीकान्त पाण्डे सहित एजेन्सीहरु र संचारकर्मीको सहभागितामा शाखा मर्ज भएको जानकारी गरिएको छ ।

प्राईम र यूनियन लाईफ ईन्सोरेन्सका तत्कालीन जिल्ला प्रबन्धक कर बहादुर शाही र लक्ष्मीकान्त्त पाण्डेले हिमालय लाईफ ईन्सोरेन्स कम्पन्नी मुलुककै ठुलो चुक्ता पुँजी भएको बिमा कम्पन्नी बन्ने बताए । जुम्लाका आठै पालिकाका ६० वटै वडामा बिमाको पहुँच पुराउन सचेतनाका कार्यक्रम लिएर गाउँगाउँ जाने समेत उल्लेख गरे । केहि विमा कम्पन्नीले नागरिकलाई ठग्ने गरेका कारण लुटेरा हुन भन्ने बुझाई छ । त्यसैले विश्वसनियता बढाउन जरुरी रहेकोमा जोड दिए ।

केन्द्रीय निति अनुसार ३ वटा कम्पनी प्राईम लाईफ, यूनियन लाईफ र गुरास लाईफ मिलेर सवैभन्दा ठूलो वन्ने आशा सहित यसको शुरुवात भएको बताईएको छ । यि तिनै मर्ज भएर हिमालयन भएपछि मिलेर वीमीतको पक्ष र अधिकारमा काम गर्ने उनिहरुले बताएका छन् ।

कार्यक्रममा जुम्लाका यूवा व्यवसायी बालकृष्ण बुढाक्षेत्रीले “मुलुकको आर्थिक संकटको अबस्था मध्यनजर गर्दै बिमा कम्पन्नीहरु मर्ज हुनु सुखद पक्ष हो । नेपालको एतिहासमा हिमालय बिमा कम्पन्नीले नयाँ उचाई लिने छ । गाउँ गाउँमा पुगेर बिमा विस्तारको काम गर्न जरुरी छ ।”
बिमालाई दुरदराज सम्म पुराउन जरुरी रहेकोमा अर्का व्यवसायी गणेश रोकायाले जोड दिए । दुरदराजमा बिमाको जाँगर फैलाउन,बिमाबारे फैलिएका भ्रम चिर्न र विश्वास दिलाउन अब हिमालय लाईफ ईन्सोरेन्स कम्पन्नी अब्बल बन्ने विश्वास व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस्