OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रतन वड,बैशाख २७, २०८०जुम्ला,
७५४ पटक

वैशाख २७ गते । असिनाले स्याउ र ओखरका फुल नष्ट भएका छन् । एक हप्ता अगाडि परेको असिना पानीले फुलेका स्याउको फुल नष्ट गरेको स्थानीय किसानले जनाएका छन् ।

सिंजा गाउँपालिकाको वडा नम्बर २ लगायत उच्च क्षेत्रमा असिना पानी आएपछि किसान चिन्तित भएका छन् । सिंजा गाउँपालिका २ का वडाध्यक्ष तिर्थवडका अनुसार त्यस क्षेत्रमा आएको असिना पानीले ८ हजार बढि स्याउका विरुवाको फुल नष्ट गरिदिएको छ । स्याउ फुल्नै समयमा असिना आएपछि ठूलो क्षेति भएको किसान पुर्णचन्द्र आचार्यले जानकारी दिनुभयो । किसानहरुका अनुसार त्यस क्षेत्रका पारीदेव, ओखलदुडिचौर, लामासिम लगायतका क्षेत्रमा करिब ८ हजार स्याउ विरुवाको असिनाले क्षेति पुरयाएको छ ।

यता तिला गाउँपालिका वडा नम्बर ९ मा लगातार आएको असिना पानीले स्याउको फुल पुरै झारिदिएको छ । स्थानीय हर्कबहादुर रावतले एक हप्ता अगाडि लगातार ४ घण्टा लामो समय असिना आएर स्याउ, मकै लगायतका वालीमा असर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार त्यस क्षेत्रका रासा, मालापानी, खोप्री, सुडि, ढिपु क्षेत्रमा असिनाले स्याउको फुलमा क्षेति पुरयाएको छ । जुम्लाको उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा असिनापानीले हैरान वनाएको हो ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीका अनुसार असिनाले किसानको क्षेति पुरयाएको वगैचाको विषयमा अनुगमन गर्नुपर्ने आवश्यकता देखिन्छ । असिनाले स्याउको फुलमा कहाँ कति क्षेति भएको छ, विवरण वुझ्न जरुरी रहेको छ ।

३४६० किसानको स्याउ वीमा :
जुम्लामा पछिल्लो समय स्याउमा असिना पानीले क्षेति पुरयाउन थालेपछि वीमा समेत गर्न थालेको छ । शिर लाईफ ईन्स्योरेन्स कम्पनी जुम्लाले जुम्लामा ३ हजार ४ सय ६० जना स्याउ किसानले वीमा गरेका छन् । पातारासीमा सवैभन्दा बढि स्याउ वीमा भएको शिखर लाईफ ईन्सुरेन्सको वजार व्यवस्थापक बरिष्ठ सहायक लक्ष्मण उपाध्याय काफ्ले जानकारी दिनुभयो । उहाँका अनुसार पातारासी पातारासी, तिला गाउँपालिकामा हेल्प डेक्स वनाएर विमाको काम भईरहेको छ । संघीय सरकार सँग सगरमाथा ईन्स्योरेन्स कम्पनीलाई जिम्मा भएपनि हाल सम्म विमाको काम शुरु भएको छैन् ।

 

प्रतिकृया दिनुहोस्