OnlinePana

आज : २०८१ बैशाख २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २६, २०८०जुम्ला ,
२९२ पटक

वैशाख २६ गते । यार्सा टिप्न पाटन गएर हिम पहिरोमा परि जुम्लाका ३ जना पुरिएर व्यपत्ता भएपछि हेलिकोप्टरबाट गएको उद्दार टोली घटना स्थलमा पुगेको छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहोनबहादुर थापाका अनुसार घटना स्थलमा २१ जनाको टोली त्यहाँ पुगेको हो । प्रजिअ थापाका अनुसार मंगलवार त्यहाँ टोली पुगेपनि अत्याधिक हिउ जमेकाले पुरिएका मानिसहरु भेटिएका छैनन् ।
सोमवार विहान हेलिकोप्टर मार्फत गएको टोली सिरानचौरमा उतारिएको थियो । टोली हिडेर एक दिन लगाएर छापाखोलामा बसेको थियो । छापाखोलावाट विहान ६ बजे आज घटनास्थल च्यार्खु लेकमा पुगेर खोजीकार्य गरेपनि हिउँ धेरै भएकाले आज खोज्न नसकि फिर्ता भएको छ ।
हिम पहिरोमा जोगिएर मुगु जिल्ला प्रहरी कार्यालयको सम्पर्क आएका मध्य कर्ण सार्की सहितलाई लिएर हेलिकोप्टर घटनास्थलमा गएको थियो । अन्य ९ जना घर फर्किएका छन् ।

कर्णाली प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालय विपत व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायाका अनुसार उद्दार टोलीले खोजीरहेपनि हिम पहिरोमा पुरिएका व्यक्ति पत्ता नलाग्दा सकस भएको छ । घटना स्थलमा हिमपात भईरहेकाले पुन वास वस्न टोली छापाखोला फर्किएको र भोली फेरी घटना स्थलमा जाने भएको छ ।

मुगु र डोल्पाको सिमामा रहेको पाटन च्यार्खु लेखमा पातारासी २ तल्फि गाउँका ४२ बर्षिय तारासिंह सार्की, ३८ बर्षिय पुर्ण सिंह सार्की र ३६ बर्षका विर वोहरा हिम पहिरोबाट वेपत्ता भएका छन् । यति लामो समय सम्म वेपत्ता भएका व्यक्ति पत्ता नलाग्दा आफन्तलाई निराशा बढ्दै आएको छ । पातारासी गाउँपालिका अध्यक्ष पुर्ण सिंह वोहराले अहिले सम्म मानिस पत्ता नलागेकाले आफन्तहरुमा निराशा छाएको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले दुखत घटनामा उद्दारमा लाग्ने टोलीलाई धन्यवाद दिदै थप प्रभावकारी वनाउन नेपाल सरकार, प्रदेश सरकार सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो ।

क्याप्सन ः हेलिकोप्टरबाट मुगुमा उद्दारटोली तस्बिर आन्तरिक मामिला मन्त्रालय कर्णाली

प्रतिकृया दिनुहोस्