OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाहीबैशाख २८, २०७७जुम्ला
७७३ पटक

नेपाली भूभाग मिच्ने भारतीय कदमको विरुद्ध जुम्लामा पनि प्रदर्शन गरीएको छ । नेपाल मजदुर किसान पार्टी जुम्लाले सदरमुकाम खलंगा बजारमा आज प्रदर्शन गरेको हो । भारतले नेपाली भुमी लिपुलेख हुदै चिनको मानसरोवर जोड्ने सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा जुम्लामा पनि प्रदर्शन भएको छ । नेमकिपाको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन हुदै कृष्ण मन्दीरमा पुगी समापन भएको थियो ।
अपह्रान्न ४ बजे प्रशासन परिक्रमा गरी कृष्ण मन्दीर अगाडी कोण सभा गरी विरोध गरिएको हो । लकडाउनको न्युनतम मापदण्डहरुको समेत पालना गरी विरोध गरिएको थियो । विरोध सभामा नेमकिपा जुम्लाका कार्यवहाक अध्यक्ष राजेश्वर देवकोटाले सरकार लम्पसारवादमा पतन हुदै गएको अाराेप लगाउनुभयाे । नेमकिपाले भारतिय थिचोमिचोको विरुद्ध सडक र सदन जहाँपनि सरकार र जनतालाई सचेत गराउदै आएको उहाको भनाई थियो ।
नेपाल क्रान्तीकारी युवा संघ जुम्लाका अध्यक्ष लालबहादुर बुढाले कोरोना कहरसंग विश्व समुदाय लडिरहेका बेला भारतले गरेको हस्तक्षेप विस्तारवादी नितिको नाँगो प्रस्तुती रहेको दावी गर्नुभयो । नेपाली युवाहरुले सरकारलाई होसीयार बनाएर भारतको यो कदमको बदला लिने बेला आएको भन्दै उहाँले आव्हान समेत गर्नुभयो ।

नेपाल क्रान्तीकारी विद्यार्थी संघ जुम्लाका सचिव धर्मेन्द्र अधिकारीले देशभक्त युवा विद्यार्थीले देशभरी गरेका विरोध प्रदर्शनहरुको समर्थन गर्नुपर्ने बताउनुभयो । भारतले पटक पटक सिमा मिच्ने क्रम जारी गरेपछि लिपु लेककाे बिषयमा नेपाल सरकारले बिज्ञप्तिनै जारि गरेर बिराेध जनाएकाे छ भने सत्तारड नेपाल कम्यूनिष्ट पार्टीले समेत साे क्षेत्र नेपालकै भएकाे बताएकाेछ ।

प्रतिकृया दिनुहोस्