OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १७, २०८०सुर्खेत
१६५ पटक

१७ बैशाख २०८०, आइतबार

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे हिउँदे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आज राति १२ः०० बजेबाट अधिवेशन अन्त्य हुने सूचना गर्नुभएको हो ।

प्रदेशको पन्ध्रौं बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराउनुभयो ।

आज दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष पुगेर सिफारिस पत्र बुझाउनुभएको थियो । गएको पुस १८ गते बसेको प्रदेशको पहिलो बैठकसँगै चालु अधिवेशनअन्तरगत आजसम्म २० घण्टा सात मिनेटको समयावधिमा १५ वटा बैठक बसेको सभामुख गुरुङले जानकारी दिनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्