OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १५, २०८०सुर्खेत
१९१ पटक

१४ बैशाख २०८०, बिहीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको चौधौं बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो । जसअनुरुप उहाँले प्रदेशसभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

प्रदेशसभाका ३९ सदस्य मध्ये २९ जनाले उहाँलाई विश्वासका मत दिएका थिए । मुख्यमन्त्री शर्माले योसहित तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको हो । नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी २९ जनाले मुख्यमन्त्री शर्माको पक्षमा विश्वासको मत दिएका थिए ।

नेकपा एमालेका नौ र राप्रपाका एक गरी १० सदस्यले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए । गत माघ ६ गते एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए । राष्ट्रिय राजनीति बदलिएसँगै संघ सरकारबाट राप्रपा बाहिरिएपछि कर्णालीमा पनि फागुन १८ गते मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि चैत्र १७ गते दोस्रो पटक सभाबाट उहाँले विश्वासको मत लिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्