OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,बैशाख १३, २०८०जुम्ला ,
२१२ पटक

वैशाख १२ गते । जुम्लामा नेकपा माओवादी केन्द्रले जुम्ला समृद्धि र विकासका लागि बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
माओवादीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको प्रमुख आथित्यतामा जिल्ला स्थित राजनैतिकदल, जिल्ला समन्वय समिति, स्थानीय सरकार, स्थानीय प्रशासन, संचार माध्याम सहित सरोकारवाला निकायहरुको उपस्थितिमा जुम्ला समृद्धि र विकासका सम्भावना विषयमा अन्तरक्रिया तथा सूझाव संकलन गरेको हो ।

अन्तरक्रियामा मुख्यमन्त्री राजकुमार शर्माले जुम्लालाई साच्चिकै जुम्ला स्याउबाटै समृद्धिको जिल्लाका रुपमा विकसित गरिनु पर्ने बताउनु भएको छ ।

उहाँले स्याउ सहित कृषि वन पैदावर नै कर्णालीको मुख्य आर्थिक स्रोत हुने भएकाले यस क्षेत्रमा लगानी आवश्यक भएकोमा जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्र जुम्लाले जुम्लाको विकास र समृद्धिको सम्भावनाको बिषयमा गरिएको सर्वपक्षिय अन्तरक्रियामा हरेक किसानले कम्तिमा ५० हजार भन्दा माथी स्याउबाट नगद आम्दानी गर्न सक्ने बताउदै स्यामा राम्ररी लगानी गर्न थप पूर्वाधार तयारी आवश्यक रहेकोमा जोड दिनु भयो ।

पत्रकार भेटघाटमा उहाँले राजनितिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन गर्नका लागि सवै पक्षको सहयोग रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले केही भएन भन्ने नभई संघीयताले गाउँमा सिंहदरवार आएको उदाहरण रहेको बताउनुभयो । उहाँले जुम्लामा सवै राजनैतिकदलको उपस्थितिमा विकासको वहश हुनु नमूना भएकाले आफुले कर्णालीका सवै जिल्लाबाट यस्तै सूझाव आउने अपेक्षा गर्नु भयो ।
मुख्यमन्त्री शर्माले कर्णाली आफ्नो आन्तरिक आम्दानीमा पछाडि भएकाले राजश्व बढाउन कृषि, वनपैदावर उद्योगलाई तत्काल उत्पादन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले अहिले कर्णाली सरकारले शिक्षा, स्वास्थ्य, रोजगार त्यसका लागि पूर्वाधारको तयार भएकोमा जोड दिनुभयो । मुख्यमन्त्री शर्माले कर्णालीको विकास र समृद्धिका लागि समाजवादको वहश पनि शुरु गर्न आवश्यक भएको भन्दै यूवा र वुद्धिजीवि वर्गले वहश थाल्नुपर्ने बताउनुभयो । उहाँका अनुसार जुम्ला सुनको थालीमाथि वलेको दियो संज्ञा गर्दै भाषाको जन्मस्थल मात्रै नभई भूगोल र उत्पादनको हिसावले भरोषाको जिल्लाको सम्भावनालाई चुम्नुपर्नेमा जोड दिनुभयो ।

कर्णाली विकास आयोगका सस्थापक अध्यक्ष डाक्टर कलबहादुर रोकायाले जुम्लाको राजनैतिक र भौगोलिक अवस्था, खस साम्राज्य देखी हाल सम्मको राजनैतिक तथा प्रशासनिक अवस्था र ईतिहास, गरिविको अवस्था, कृषि योग्य भूमि, वनजंगल, चरन क्षेत्र, हिमाल चट्टान खोला नाला सहित सम्भावनाका स्रोत, हाल सड्कको अवस्था, विधुतको अवस्था, कुल सिंचित अवस्था, स्वास्थ्य लगायतका बिषयमा कार्यपत्र प्रस्तुत गरेपछि सो कार्यपत्र माथी छलफल तथा सुझाव संकलन गरिएको छ ।

नेकपा माओवादी जुम्लाका ईन्चार्ज तथा पूर्वमन्त्री नरेश भण्डारीले सवै राजनैतिकदलहरु, सरोकारवाला निकायहरु एक जुट भएमा विकास र समृद्धि सम्भावना भएकोले साझा सुझाव संकलन तथा अन्तरक्रिया गरिएको छ ।

कार्यपत्र माथी सुझाव दिदै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जिल्लाको विकास समृद्धिका लागि राजनैतिक दलहरु एक जुट भएर अगाडि लाग्न प्रेरित गर्ने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जस्ता संरचनाको स्थापना जुम्लामा भएको तर अहिले त्यहाँका केही वेथिति सुधार्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन सिंह कठायतले कर्णालीमा विकास र सम्भावनाका लागि सम्वन्धीत कार्यालयगत दक्षताका आधारमा योजना निर्माण गरिनुपर्ने वताउदै जिल्लाका साझा कामका लागि सवै दल र निकाय एकजुट हुनुपर्ने बताउनुभयो । नेकपा एमालेका पार्टी सचिव धनकृष्ण पाण्डेले कर्णाली सरकारले निति कार्यक्रममा साझा ल्याएमा समृद्धि हुनेमा जोड दिनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका उपकुलपति डाक्टर मंगल रावलले जुम्ला कर्णालीमै भूगोल मिलेको जिल्ला, ईतिहास वोकेको जिल्ला भएकाले चाहेपछि विकास गर्न सकिने सुझाव दिनुभयो । उहाँले स्वास्थ्य क्षेत्रमा कर्णाली सरकारले बजेट बढाईनुपर्ने बताउनुभयो ।

गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले सरकारले मात्रै नभई नागरिकले पनि श्रमदान अर्थात सामाजिक काममा सहयोग पुरयाउने विषय नभुल्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कर्णालीका लागि पर्यटन क्षेत्र आर्थिक लाभ लिने क्षेत्र भएकाले पर्यटनबाट समृद्धि खोजिनुपर्नेमा जोड दिनुभयो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारीले आर्थिक बर्ष २०७८।०७९ मा मात्रै ९ हजार मेट्रिक टन स्याउ उत्पादन गरेको भन्दै स्याउमा प्रभावकारी लगानी अझै आवश्यक भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा जिल्ला वन डिभिजन कार्यालयका प्रमुख दिनेश खत्री, जिल्ला कृषि विकास कार्यालयका प्रमुख गणेश अधिकारी, नेपाल विधुत प्राधिकरणका प्रमुख नरेश रावत, पूर्वाधार विकास कार्यालयका प्रमुख हरि ओली, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख श्रीकृष्ण देवकोटा,, सामाजिक विकास कार्यालय प्रमुख तुलाराज चौलागाइ नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटा, जुम्ला बहुमुखी क्याम्पसका महेश नेपाली सहित विषय विज्ञबाट जुम्ला विकास र समृद्धिको अवस्था र सूझावहरु संकलन गरिएको थियो । अन्तरक्रियामा करिब एक सय जनाको उपस्थिति भएको थियो ।

क्याप्सन : जुम्लामा आयोजना गरिएको विकास र समृद्धिको सम्भावना बिषयको अन्रक्रिया तस्बिर नेत्र शाही जुम्ला ।

 

 

प्रतिकृया दिनुहोस्