कोरपाटी संवाददाताबैशाख ९, २०८०सुर्खेत
१६७ पटक
९ बैशाख २०८०, शनिबार
नेकपा एमाले कर्णाली प्रदेशसभा दलको प्रमुख निवर्तमान सामाजिक विकासमन्त्री टेकराज पछाई चयन हुनुभएको छ ।
नेकपा एमाले कर्णाली प्रदेशसभा दलको बिहीबार बसेको बैठकले प्रदेशसभा सदस्य पछाईलाई दलको प्रमुख सचेतकमा चयन गरेको हो । दलका नेता यामलाल कँडेलले दलको बैठकमा भएको सर्वसम्मतिको निर्णयबाट पछाईलाई प्रमुख सचेतक चयन गरेको बताउनुभयो ।
प्रदेशसभा सदस्य पछाई गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको चुनावमा जुम्ला प्रदेशसभा २ बाट निर्वाचित हुनुभएको थियो ।