OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ७, २०८०सुर्खेत
२५५ पटक

७ बैशाख २०८०, बिहीबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले चार मन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा उहाँले प्रदेश सरकारको मन्त्रिमण्डलमा नियुक्त चार मन्त्रीहरुलाई नेपालको संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसी र जलस्रोत तथा उर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले प्रदेश प्रमुख परियारसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो । यस अघि भौतिक पूर्वाधार, जलस्रोत तथा उर्जा राज्यमन्त्रीमा नियुक्त विकलाई भने भौतिक पूर्वाधार मन्त्रालयसँग गाभिएको जलस्रोतलाई अलग्याएर उर्जा विकासमन्त्री बनाईएको छ ।

यही चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा काँग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको थियो । शपथ ग्रहणपश्चात् चारैजना मन्त्रीहरुले आजै पदबहाली गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्