OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ५, २०८०सुर्खेत
१५७ पटक

५ बैशाख २०८०, मंगलबार

नेपाली काँग्रेस प्रदेशसभा दलले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारका पठाउन तीन मन्त्रीको नाम सिफािरस गरेको छ ।

आज बसेको काँग्रेस प्रदेशसभा दलको बैठकले यही चैत्र २५ गते नेकपा एमालेका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले सरकारबाट राजीनामा दिएपछि रिक्त रहेका मन्त्रालयमा काँग्रेसले तीन मन्त्रीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा आर्थिक मामिला तथा योजनामन्त्रीमा वेदराज सिंह, सामाजिक विकासमन्त्रीमा खड्गबहादुर पोखरेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा कृष्णकुमार बिसी रहेको नेपाली काँग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले जानकारी दिनुभयो । सिंह जाजरकोट प्रदेशसभा (१) बिसी, दैलेख क्षेत्र नं.१(१) र पोखरेले सुर्खेत क्षेत्र नं.१(१)बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्