OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख ५, २०८०
४७० पटक

५ बैशाख २०८०, मंगलबार

नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको परिणाम सोचे जस्तो नआएपनि पार्टीको लोकप्रियता कायमै भएको बताउनुभएको छ ।

आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरुट) अभियान अन्तरगत बृहत कार्यकर्ता भेलामा मन्तव्य व्यक्त गर्दै उहाँले गठनबन्धन शक्तिसँगको चुनाव प्रतिस्पर्धामा एमालेले आफ्नो जनमत कमजोर नभएको पुष्टि गरेको जिकिर गर्नुभयो । आफूलाई ठूला दल भन्नेहरुले एकल तरिकाले चुनाव लडेको भए एमाले पहिलो पार्टी हुने उहाँले दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी एमालेलाई देशकै पहिलो पार्टी बनाएर राजनीतिमा स्थायित्व दिनका लागि दुई महिने मिसन ग्रासरुट अभियान सञ्चालन गरेको हौं । यसले मुलुकमा उत्साह र उमंग ल्याएको छ ।” नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले जनताका सरोकारका विषयलाई केन्द्रबिन्दुमा राखेर पार्टी बलियो र पहिलो बनाउने अभियानमा लागिएको बताउनुभयो ।

हामी एमालेलाई पहिलो राष्ट्रिय शक्तिका रुपमा स्थापित गर्दैछौं । अहिले हामीलाई सरकारका जाने कुनै चासो छैन,” उहाँले भन्नुभयो, “हाम्रो लक्ष्य र उद्देश्य भनेकै ‘समृद्ध नेपाल, सुखी नेपाली जनता’को राष्ट्रिय आकांक्षा पुरा गर्नु नै हो ।” राजनीतिक स्थायित्व कायम गर्न मुलुकमा बलियो पार्टी बन्ने अभियानको यात्रामा एमाले लागेको उपाध्यक्ष नेम्वाङको भनाई थियो ।

उक्त भेलामा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटि सदस्यहरु यामलाल कँडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेसहित प्रदेश तथा जिल्लास्तरका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्