OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख ३, २०८०सुर्खेत
४८३ पटक

३ बैशाख २०८० आइतबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशस्तरीय १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्नुभएको छ ।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्द्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित १३औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले कर्णाली खेल क्षेत्रको समेत उर्वरभूमि भएको बताउनुभयो । “कर्णालीले गनिज बुक अफ वल्र्ड रेकर्ड्स नेपालको नाम चिनाउने हरिबहादुर रोकाय जस्त ख्याती प्राप्त म्याराथुन धावक जन्माएको छ,” उहाँले भन्नुभयो, “उहाँको प्रेरणाले पछिल्लो समयमा खेल क्षेत्रमा प्रगति भइरहेको छ ।”

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने गरी प्रदेश सरकारले गौरवको आयोजना रंगशाला निर्माणको कार्यलाई तदरुकताका साथ अगाडि बढाएको मुख्यमन्त्री शर्माले बताउनुभयो । कर्णाली दौडिन्छ भन्ने मूल नारा बोकेर अगाडि बढेको प्रदेश सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरुको वृहत्तर हितमा काम गर्ने उहाँको भनाई थियो ।

नेपाली काँगे्रस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भूगोल, हावापानी र आर्थिक विपन्नताबाट गुज्रिएको कर्णालीले पछिल्लो समयमा खेल क्षेत्रमा उल्लेख्य विकास गरेको बताउनुभयो । सबै सरकारहरुले विभिन्न विधालाई प्राथमिकता दिएर भूगोल र आवश्यकताका आधारमा योजना निर्माण गरी बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले व्यक्तिभित्रको क्षमतलाई प्रस्फुटन गर्न कर्णालीमा पूर्वाधारको अभाव भएको जनाउनुभयो । यति हुँदाहुँदै पनि कर्णालीले आफ्नो पहिचान र श्रेष्ठ कायम गर्दै आएको उहाँको भनाई थियो । नेता कँडेलका अनुसार खेललाई व्यवस्थित र विकास गर्दै लैजान कर्णाली प्रदेश सरकारले पूर्वाधार निर्माणमा जोड दिनुपर्दछ ।

नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले मानव जीवनको स्वास्थ्य र समृद्ध राष्ट्रका लागि खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहेको धाराणा व्यक्त गर्नुभयो । स्वस्थ नागरिक निर्माण र राष्ट्रको गौरव बढाउन खेलाडी र युवाहरुको प्रधान भूमिकालाई विशेष महत्वका साथ हेरिनुपर्ने उहाँको भनाई थियो ।

यता कर्णाली खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोदजंग हमालले कर्णालीको खेल क्षेत्रको विकासका लागि विभागीय मन्त्रालयको सचिव कर्णालीकै हुनुपर्नेमा जोड दिनुभयो । बाहिरबाट आउनेले कर्णाली नबुझिदिनाले यसका लागि चाहिले आवश्यक बजेट विनियोजनमा समस्या भएको उहाँको गुनासो थियो ।

खेलमा कीर्तिमानी धावक रोकायले ओलम्पिक टर्च बालेर मार्च पास गर्नुभयो । उक्त विभिन्न विधामा सञ्चचालन हुने राष्ट्रपति रनिङ् शिल्ड छनौट प्रतियोगितामा हुम्लाबाहेक नौ जिल्लाका खेलाडी र प्रशिक्षक गरेर सात सय ८४ भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । आजबाट सञ्चालन भएको सो प्रतियोगिता ५ गते सम्पन्न हुनेछ ।

प्रतियोगितको पहिलो दिन नौ जिल्लाको खलाडीहरुको मार्चपास, साँस्कृतिक झाँकी, हुड्के नृत्य, सुर्खेती झ्याउरे तथा टप्पा नाचसहित मार्सल आर्टका विभिन्न विधाका खेलहरु प्रर्दशन गरिएको थियो ।

प्रतिकृया दिनुहोस्