OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २७, २०७९सुर्खेत
१६५ पटक

 २७ चैत २०७९, सोमबार

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको बहुआयमिक संभावना सदुपयोग गर्न केन्द्रबाट विशेष बजेट व्यवस्था गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस सुर्खेत क्षेत्र (२) को पञ्चपुरी नगरपालिकाको बाबियाचौरमा आज आयोजित प्रथम क्षेत्रीय अधिवेशन उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले विकासको गति तीव्ररुपले बढ्ने गरी केन्द्रबाट विशेष बजेटको व्यवस्था गर्ने बताउनुभयो । निर्वाचनकै बेलाको गठबन्धनअनुसार बनेको सरकारले कर्णाली विकासलाई प्राथमिकता राख्ने उहाँको भनाई थियो ।

चुनावताका जनतासँग गरिएका प्रतिवद्धता कुरा गर्ने बताउँदै रक्षामन्त्री खड्काले भन्नुभयो, “शान्ति प्रक्रियालाई पूर्णता दिन, संविधानको रक्षा र देशको तीव्र विकासमा वर्तमान सरकारले जोड दिन्छ । द्वन्द्व पीडितहरुलाई न्यायिक निरुपणमार्फत न्याय दिन र आर्थिक प्याकेजमार्फत परिपूरण र राहत उपलब्ध गराउँछौं ।”

पुस १० को अप्राकृतिक गठबन्धन भत्केर बनेको प्राकृतिक गठबन्धनले देश र जनताका पक्षमा काम गर्ने जनाउँदै उहाँले मुद्दामा सहमत भएका दलहरु एक ठाउँमा रहेकाले ती मुद्दाहरु पुरा हुने उहाँले जनाउनुभयो । पुसमै बन्नुपर्ने सरकार चैत १७ गते बन्दा महत्वपूर्ण समय खेर गएको जनाउँदै रक्षामन्त्री खड्काले अहिले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको जगमा टेकेर बजेट ल्याउने बजेट आउने बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्