OnlinePana

आज : २०८२ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २७, २०७९
२३६ पटक

२७ चैत २०७९, सोमबार

नेकपा एमालेले कर्णाली प्रदेश सरकारबाट बाहिरियसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आईतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले संयुक्त राजीनामा दिनुभएको थियो । आज नेकपा एमाले कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएको कर्णाली प्रदेश प्रमुखलाई जानकारी दिनुभएको छ ।

गत पुस २७ गते नेकपा एमालेले माओवादी केन्द्र प्रदेशसभा दलका नेता राजकुमार शर्मालाई मुख्यमन्त्री नियुक्तिका लागि समर्थन दिएको थियो । एमालेको समर्थनमा माघ ६ र चैत १७ गते मुख्यमन्त्री शर्माले विश्वास मत लिनुभएको थियो । सरकारबाट एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्नेछ ।

प्रतिकृया दिनुहोस्