OnlinePana

आज : २०८३ जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २६, २०७९सुर्खेत
४५४ पटक

२६ चैत २०७९, आईतबार

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिनुभएको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ला र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिनुभएको हो । मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह ५ः०० बजे सामुहिक राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री शर्माले गत माघ ११ गते विनोदकुमार शाहलाई आर्थिक मामिला तथा योजनामन्त्री, जीतबहादुर मल्ललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र टेकराज पछाईलाई सामाजिक विकासमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तीनै मन्त्रीको कार्यकाल ७५ दिन रह्यो ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री हुनुभएका उहाँले माघ ६ गते विश्वासको मत लिनुभएको थियो । फागुन १८ गते राप्रपाले सरकारबाट समर्थन फिर्ता लिएपछि चैत्र १७ गते दोस्रो पटक विश्वास मत लिएको एक हप्तापछि एमाले सरकारबाट बाहिरिएकोले अब मुख्यमन्त्रीले तेस्रो पटक विश्वासको मत लिनुपर्ने बाध्यता देखिएको छ ।

प्रतिकृया दिनुहोस्