OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २५, २०७९
१८४ पटक

२५ चैत २०७९, शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तिय एवं प्रशासनिक संघीयता आउन नसकेको बताउनुभएको छ ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको प्रथम अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले मुलुकमा राजनीतिक संघीयतामा गएपनि वित्तिय र प्रशासनिक संघीयता कार्यान्वयनमा जान नसकेको बताउनुभयो । उहाँले कर्मचारी, बैंक र वित्तिय संस्थामा आज पनि केन्द्रिकृत मानसिकता लाद्ने काम भइरहेको जनाउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारी अनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त प्रभावकारी हुनुपर्दछ । सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि संघ÷संगठनलाई परिचालन गर्नु अहिलेको टड्कारो आवश्यकता पनि हो ।”

आफूलाई जनताको कामदारको रुपमा उभ्याएर कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको जनाउँदै उहाँले राजनैतिक परिवर्तनबाट व्यवस्थासँगै जनताको अवस्था बदल्न सबै सरोकारवाला र क्षेत्रको त्यत्तिकै भूमिका रहेको व्यक्त गर्नुभयो । कर्णालीको माटो सुहाउँदो र जनताको आवश्यकतामा आधारित विधेयक ल्याउने भन्दै मुख्यमन्त्री शर्माले बन्ने नीति र कानून कर्णालीवासीको अपनत्व हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्