OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २५, २०७९जुम्ला ,
३५५ पटक

चैत २५ गते । नेकपा माओवादी केन्द्रले अन्तरजातिय विवाह गर्नेलाई सम्मान गरेको छ । माओवादी निकट दलित मुक्ति मोर्चाको जिल्ला सम्मेलनको क्रममा उनिहरुलाई सम्मान गरेको हो ।

नेकपा माओवादी केन्द्र दलित मुक्तिमोर्चाले आयोजना गरेको कार्यक्रममा ६० वटा अन्तरजातीय जोडिलाई सम्मान गरिएको हो । नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चाका नवनिर्वाचित अध्यक्ष चन्द्रबहादुर नेपालीका अनुसार विद्यमान जातीय विभेदलाई तोडेर अन्तरजातीय विवाह गर्ने जोडिलाई सम्मान गरिको हो ।

अध्यक्ष नेपालीले विद्यमान अवस्थामा उहाँहरुलाई ताकत दिने हौसला प्रदान गर्ने उद्देश्यले उहाँहरुको सम्मान गरिएको हो । कार्यक्रममा दलित समुदायबाट निर्वचित भएका जनप्रतिनिधि र कर्मचारीहरुलाई समेत सम्मान गरिएको छ । पार्टीले समाजमा विभेद भईरहेकै समयमै प्रोत्साहन दिने उद्देश्यले यो काम गरिएको नेकपा माओवादी केन्द्र जुम्लाले जनाएको छ । सम्मानित अन्तरजातीय जोडिले भने यो महत्वपूर्ण कार्यका लागि धन्यवाद दिएका छन् । जुम्ला गुठिचौर गाउँपालिका निवासी उमेश परियारले यस्तो कामले आफ्नो परिवारलाई थप हौसला प्रदान गरेको वताउनुभयो ।
सम्मान कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले समानता समानुपातिकको मुल एजेण्डा माओवादी सुत्राधार भएका कारण माओवादीले यस्ता काममा जोड दिएको बताउनुभयो । उहाँले संघीयता, समानुपाति र समावेशीमा नेकपा माओवादी केन्द्रलेनै प्रथामिकता दिने भएकाले अन्तरजातीय विवाहलाई प्रोत्साहन सहित सम्मान गरिएकोमा जोड दिनुभयो ।
कर्णाली प्रदेश सरकारका सचेतक तथा प्रदेश सांसद .रणसिंह परियारले दलितले वनाएको घरमा बस्ने तर पानी नखाने प्रवृत्ति हटाउने प्रवृत्ति अव हट्दै जानुपर्ने भन्दै सम्मान कार्यक्रमका लागि जुम्ला नेकपा माओवादी केन्द्रलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुँवरले जन्तरजाति विवाह गरेर समाजलाई परिवर्तन गर्न खोजेकोमा धन्यवाद दिनुभयो । दलित मुक्तिमोर्चा जिल्ला समन्वय समितिको जिल्ला भेलाले अध्यक्ष चन्द्रबहादुर नेपाली र सचिव पुन्न वहादुर वि.कको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ ।

 

प्रतिकृया दिनुहोस्