OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २५, २०७९सुर्खेत
३१० पटक

२५ चैत २०७९, शनिबार

उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीको विकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो साझा प्रण भएको बताउनुभएको छ ।

गृहजिल्ला सुर्खेत आउनुभएका उपप्रधानमन्त्री खड्काले आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटघाटको क्रममा बाम–लोकतान्त्रिक गठबन्धनको चुनावमा जाँदा प्रधानमन्त्री प्रचण्ड र आफुले जनताका अघि कर्णालीको विकासलाई प्राथमिकता दिने वाचा गरेको बताउनुभयो । यहाँको विकासका लागि केन्द्रबाट आवश्यक बजेट प्राप्त हुने उहाँको भनाई थियो ।

“अहिले देशको अर्थतन्त्र कमजोर बनिरहेको छ । कर्मचारीलाई तलब खुवाउनसमेत ऋण लिनुपर्ने अवस्था आइलागेको छ,” उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “यो जटिलताकाबीच पनि कर्णालीलाई केन्द्रले विशेष सम्बोधन गर्छ ।” चुनावताका कर्णालीका धेरै ठाउँमा पुगेर प्रधानमन्त्री र आफुले गरेका संकल्प पुरा गर्ने आश्वासन दिँदै उहाँले कर्णाली करिडोरका लागि बजेट निर्माण गर्न लागिएको बताउनुभयो ।

शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनेगरी सरकारले काम थालेको बताउनुभएका उपप्रधान तथा रक्षामन्त्री खड्काले १२ बुँदे शान्ति सम्झौतामा नेपाली कांग्रेस र माओवादीको मुख्य भूमिका रहेकोले मुलुकमा शान्ति कायम, संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था एवं संघीयताको कार्यान्वयन ती दुई दलको नेतृत्वमा हुने जिकिर गर्नुभयो ।

कुराकानीको सन्दर्भमा उहाँले मुलुकको निर्माण लागि एमालेसँगको अप्राकृतिक गठबन्धन भत्काएर प्राकृतिक गठबन्धन बनाउन सफल भइएको जनाउँदै कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकार छिट्टै बन्ने बताउनुभयो । उपप्रधानमन्त्री भएपछि पहिलो पटक सुर्खेत पुग्नुभएका उहाँले माटोलाई ढोग्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्