OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २४, २०७९सुर्खेत
३३७ पटक

२४ चैत २०७९, शुक्रबार

स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक डा.रविन खड्काले कर्णालीमा ६० प्रतिशत स्वास्थ्य जनशक्तिको दरबन्दी रिक्त रहेको बताउनुभयो भएको छ ।

७५औं विश्व स्वास्थ्य दिवसको अवसरमा निर्देशनालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै उहाँले कर्णालीमा कूल नौ सय आठ जनामा मात्र तीन सय ६३ स्वास्थ्य जनशक्ति कार्यरत रहेको बताउनुभयो । “पाँच सय ४४ स्वास्थ्यकर्मीहरुको दरबन्दी आज पनि खाली छ,” निर्देशक खड्काले भन्नुभयो, “यस्तो अवस्थाबाट यहाँको स्वास्थ्य सुधार कसरी हुन सक्छ ?”

तीनै तहको सरकारको प्रभावकारी समन्वय, सहकार्य हुन नसक्दा पनि स्वास्थ्य क्षेत्र प्रभावित भएको उहाँले जनाउनुभयो । निर्देशक खड्काले योगदानमा आधारित स्वास्थ्य बीमा आवश्यक औंल्याउँदैं स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउन नीतिमा सुधार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य बीमा कार्यक्रममा हुनेले योगदान गर्नुपर्छ र नहुनेले त्यसबाट सेवा लिनुपर्दछ ।”

कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतका प्रमुख डा.शंकरप्रसाद रिजालले बदलिँदो जीवनशैलीका कारण मानव स्वास्थ्य चुनौतिपूर्ण बन्दै गएको बताउनुभयो । डा.रिजालले भन्नुभयो, “हामीले प्राङ्गारिक उत्पादनसँग जोडिएका गतिविधि गर्न छोड्यौं र प्रकृति प्रदत्त खानामा ध्यान दिएनौं । जसले हाम्रो स्वास्थ्य अवस्था दिनानुदिन बिग्रँदै गएको छ ।”

विश्व स्वास्थ्य संगठन कर्णाली प्रदेश प्रतिनिधि प्रदीप अधिकारीले स्वस्थकर बानी व्यवहार हरेक नागरिक बाँच्ने आधार भएको जनाउनुभयो । जनस्वास्थ्य प्रवद्र्धन हुने कार्यक्रममा सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने बताउँदै अधिकारीले स्थानीय सरकारले यसको बढी अपनत्व लिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्