OnlinePana

आज : २०८१ जेठ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २४, २०७९सुर्खेत
१९३ पटक

२४ चैत २०७९, शुक्रबार

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा (प्रभाकर)ले कर्णाली सरकार यही रहने तर सहभागिता बदलिने बताउनुभएको छ ।

काठमाडौं उडानको क्रममा आज बिहान सुर्खेत विमानस्थलमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले मुख्यमन्त्री राजकुमार शर्माको नेतृत्वको सरकार रहने तर नेकपा एमालेको ठाउँमा नेपाली काँग्रेसका मन्त्रीहरु रहने संकेत गर्नुभयो । सत्ता गठबन्धन दलहरुको केन्द्रीय स्पष्ट नीति र निर्देशन अनुसार कर्णाली सरकार चल्ने बताउनुभयो । यसका लागि नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँग पनि सरकारलाई कसरी लैजाने भन्ने विषयमा छलफल भएको उहाँले जनाउनुभयो ।

पूर्व अर्थमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “कर्णालीमा सरकार यही रहन्छ तर सहभागिता बदलिन्छ । अहिले भएको अलमल अन्त्य गरेर सरकार अगाडि बढाउने छौं । काँग्रेसले केही मन्त्रीको नाम दिन बाँकी रहेकोले संघीय सरकारले अँझै पूर्णता प्राप्त गर्न सकेको छैन । सरकारले ल्याएका नीतिगत कुरा महत्वपूर्ण छन् । प्रशासननिक सुधारका लागि विकास विशेष अधिकार सम्पन्न समिति बनेको छ । काम भईरहेको छ ।”

नेता शर्माका अनुसार कर्णालीको ठूला भौतिक पूर्वाधार प्रदेश सरकारले गर्न सम्भव छैन । हिल्सा सिमकोटका लागि अनुदानमा गर्ने गरी प्रस्ताव गरिएको, सुर्खेतदेखि घोडेगाउँसम्म ऋण लिएर काम गर्ने प्रक्रिया अगाडि बढेको, कालीकोट हुँदै रारा जाने मार्गको स्तरोन्नति गर्ने, भेरी करिडोरको बजेट छुट्याइएको, मदनभण्डारी राजमार्ग काम तीव्ररुपमा अगाडि बढेको र राष्ट्रिय लोकमार्गका साथै जिल्लाका ठूला सडकमा संघीय सरकारको लगानी केन्द्रित गर्ने योजना रहेको छ ।

भेरी बबई डाइभर्सनमा कर्णाली सरकारले बढी शेयर लिन र १२ मेगावाटको विद्युत निकाल्न कर्णाली सरकारको आयस्रोत बढाउन जगदुल्ला जलविद्युत आयोजनाको काममा तीव्रता दिन संघीय सरकारले पनि सहयोग गर्ने उहाँको भनाई थियो । गरिबी घटाउने गरी प्रदेश सरकारले रोजगार र उत्पादनलाई जोड दिनुपर्नेमा उहाँको जोड थियो ।

सत्य निरुपण तथा मेलमिलाप संवैधानिक निकायसँग सम्बन्धित ऐनहरु टेबुल भएका छन् । बाग्मती, मधेश प्रदेशमा एक ढंगले अगाडि बढिरहेको छ । कोशी प्रदेशको शक्ति सन्तुलनको अवस्था जटिल छ र समाधानको प्रयास भईरहेको छ । गण्डकी र लुम्बिनी गठबन्धनको नयाँ स्वरुप दिनुपर्ने आवश्यकता छ । सुदूरपश्चिम प्रदेशमा गठबन्धको सरकार बनिरहेको छ ।

परिवर्तनका एजेण्डाहरुको संस्थागत गर्न पार्टीको केही कमजोरी देखिएको अवस्थालाई मनन् गर्दै आम पार्टी र जनताको बीचमा समीक्षा गर्ने अभियानलाई अगाडि बढाइएको उपमहासचिव शर्माले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्