OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०७९सुर्खेत
२९६ पटक

२२ चैत २०७९, मंगलबार

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिको साधारणसभा नरहरिनाथ गाउँपालिका १ कालीकोट कोटवाडास्थित सुनथराली विमानस्थलमा उद्घाटन भएको छ ।

महासंघद्वारा आज सुनथरालीमा आयोजित साधारणसभाको उद्घाटन पूर्वमुख्यमन्त्री एवं कालीकोटबाट निर्वाचित संघीय सांसद महेन्द्रबहादुर शाहीले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री शाहीले नागरिकको जीवनस्तर अगाडि बढाउने परियोजनाका रुपमा अगाडि बढाए मात्र हवाई सेवा सञ्चालन ल्याउन सरकारलाई आग्रह गर्नुभयो ।

“हवाईजहाज उडाउनु मात्र ठूलो कुरा होइन,” उहाँले भन्नुभयो, “त्यसको दिगो व्यवस्थापन र समृद्धिमा सघाउने गरी सेवा दिईनुपर्दछ । उहाँले सुनथराली विमानस्थल निर्माण एवं आजको व्यवस्था ल्याइपुर्याउन यहाँका जनताको पसिना र रगत बगेको बताउनुभयो । करिब सात सय मिटर कालोपत्र गरिएको सो विमानस्थलमा यस अघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले परीक्षण अवतरण गर्नुभएको थियो ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले महासंघको साधारणसभाले सञ्चार जगतको विकासमा ठूलो सहयोग पुग्ने बताउनुभयो । कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपानेले कठिन भूगोलमा बनेको सुनथराली विमानस्थल आयोजित कार्यक्रमले दुर्गम बस्तीका नागरिकको जनजीवन, उनीहरुको संघर्ष, विकास अवस्था र गर्नुपर्ने कामका बारेमा राज्यका सरोकारवालाहरुलाई घच्घच्याउन मद्दत पुग्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुनथरालीमा आयोजित साधारणसभाले कर्णालीको विकास, यहाँको समुन्नति र समृद्धिमा सहयोग पुग्ने जनाउनुभयो । मुलुकको पत्रकारिता, सञ्चार क्षेत्रले खेलेको भूमिका र अब निभाउनुपर्ने जिम्मेवारीका विषयमा जोड दिने बताउनुभयो । पत्रकारिताले यस्ता कुरा अगाडि बढाउनुपर्ने उहाँको भनाई थियो ।

राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्णाली प्रदेशका मिडियाहरुको संस्थागत एवं दीर्घकालीन् विकासका लागि राससले विशेष सहुलियत दिने बताउनुभयो । सुनथराली विमानस्थल निर्माणको क्रममा धादिङको जोगिमाराका ३६ मजदुरहरुले ज्यान गुमाउनु परेको भन्दै अध्यक्ष झाले उनीहरुको सम्मानका लागि स्मारक बनाउनपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्यद्वय दुर्गबहादुर रावत र हिक्मतबहादुर विष्ट, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्का, जिल्ला समन्वय समितिका कालीकोटका प्रमुख धनजीत शाही, नगर तथा गाउँपालिकाका प्रमुख÷अध्यक्षहरु, प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डे, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष बिष्णुप्रसाद सापकोटा, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल, श्रमजीवि पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीलगायत देशैभरिका विभिन्न पत्रकार संगठनका प्रमुखहरु, सञ्चारकर्मीहरु, स्थानीय देउडा गायक गायिका र हुड्केहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्