OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र २१, २०७९सुर्खेत
२२१ पटक

२२ चैत २०७९, मंगलबार

राष्टिय समाचार समिति(रासस)को सेवाग्राहीसँग रासस अभियानअन्र्तगत आज यहाँ कर्णाली प्रदेशका पत्रकारहरुसँग अन्तरक्रिया गरियो । नेपाल पत्रकार महासंघको कर्णाली प्रदेशको साधारणसभामा सहभागी हुन आएका महासंघको प्रदेशका जिल्ला अध्यक्ष र अन्य प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा राससका अध्यक्ष धर्मेन्द्र झाले कर्णालीको मिडिया विकासका लागि रासस सहकार्य गर्न तयार रहेको बताउनुभयो । कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई राससको प्रकाशन रासस हिजो र आज पुस्तक प्रदान गर्नुभएको थियो । कार्यक्रममा पूर्वमुख्यमन्त्री शाहीले कर्णालीको विकासमा राससजस्ता सञ्चार माध्यमहरुले पनि योगदान दिनसक्ने बताउनुभयो । महासंघका अध्यक्ष पोखरेलले राससले आम जनतालाई सुसूचित गराउन धेरै सञ्चार माध्यमहरुलाई आफ्ना ग्राहक बनाउन शुरु गरेको अभियान सकारात्मक कदम रहेको उल्लेख गर्नुभयो ।

राससका अध्यक्ष झाले कर्णाली प्रदेशको मिडियाको अवस्थाबारे आफू जानकार रहेको बताउँदै यस प्रदेशको मिडिया विकासका लागि सरोकारवाला निकायहरुसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो । राससका बोर्ड सदस्य कृष्ण अधिकारी र बजार प्रमुख राजाराम कार्कीले पनि मुलुकमा सञ्चालित सञ्चार माध्यमहरुमार्फत आम जनतासमक्ष सूचना पुर्याउन धेरैभन्दा धेरै सञ्चारमाध्यमलाई राससको सेवा पुर्याउने अभियानलाई तीब्रता दिइएको बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्