OnlinePana

आज : २०८२ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र २०, २०७९
४१२ पटक

चैत २० गते । जुम्लाको पातारासी गाउँपालिका बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो बनेको छ । आइतबार एक औपचारिक कार्यक्रमको आयोजना गरि ५ नम्बर वडालाई बालविवाह मुक्तवडा घोषणा गरिएको हो । पातारासी गाउपालिकाको आबद्धता बालविवाह न्युनिकरणमा हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ पातारासी गाउँपालिकाले ५ वडालाई बालबिवाह मुक्त घोषणा गरेको हो । बालविवाहाले महिलाको स्वास्थ्य शिक्षा रोजगारी जस्ता क्षेत्रमा असर पारेको भन्दै पातारासीको महिला तथा बालवालिका शाखाले लामो समयदेखी काम गर्दै आएको हो ।
पातारासी गाउँपालिका महिला तथा बालवालिका शाखाकी प्रमुख भगवती गिरीका अनुसार लामो परामर्श, छलफल तथा दण्डित गरेर भए पनि वडामा बालविवाह रोक्ने अभियान चलाएको, वताउदै अहिले हामीले बालविवाह अपराध हो भन्ने बुझाएका छौँ ।

बालविवाह गर्नेलाई गाउपालिका बाट हुने सार्वजनिक सेवाबाट वञ्चित गर्नेदेखि विवाह नै बहिस्कार गर्ने संस्कारको विकास भएको छ । उहाँका अनुसार यसको लागी सातै वटा वडामा बालक्लव गठन गरिएको थियो । पालिका स्तरमा बालसंञल रहेको छ ।

वडाध्यक्ष दत्तबहादुर बुढाका अनुसार पातारासी गाउँपालिका–५ वडा आयोजना, गाउँपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको समन्वय तथा वल्डभिजन इन्टरनेश्नल नेपाल, किर्डाक नेपाल जुम्लाको साझेदारीमा ५ नम्बर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
पातारासी गाउँपालिकाका अध्यक्ष पुर्णसिहं बोहोराले यस अघि स्वास्थ्यकर्मीको टोलीले अनुगमन गरेको थियो । अनुगमनको क्रममा ९५ प्रतिशत बालविवाह वडामा नभएको पाइएको यो वडालाई बालविवाह मुक्त गरिएको गाउँपालिकाले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाका प्रमुख रतन बुढ्थापाका अनुसार पातारासी गाउँपालिका भरि ७ वडा छन् । अबका दिनमा ५ वडालाई बाहेक अन्य वडा क्रमिक रूपमा बालविवाह मुक्त वडा घोषणा गरिदै पालिका घोषणा गर्ने तयारी रहेको जानकारी दिनुभयो । जुम्लाका ८ वटै स्थानीय तहका ६० वटा वडामध्ये बालविवाह मुक्त घोषणा गर्ने वडा पहिलो वनेका छ ।

राष्ट्रिय मानव अधिकार आयोग शाखा जुम्लाका प्रमुख धनराज शाहीले बालविवाह गर्दा भोग्नु पर्ने कानुनी सजायको बारेमा गाउँगाउमा जानकारी दिन जरुरी रहेको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय प्रविधिको दुरुपयोग, अभिभावले निगरानी नगरेकै कारणले जुम्लामा बालविवाह बढेको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले बालविवाह रोकिएको खण्डमा सभ्य र समृद्ध जिल्ला निर्माण हुने बताउनुभयो । बालविवाह रोक्न जुम्लाका सबै स्थानीय तह सक्रिय हुन जरुरी छ । पातारासी ५ का चार गाउँका १० जोडिले चालू आवको हाल सम्म उमेर पुगेर बिवाह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्