OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १९, २०७९सुर्खेत
१५८ पटक

१९ चैत २०७९, आइतबार

कर्णाली प्रदेशसभामा दुईवटा विधेयक टेबुल गरिएको छ । सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको दशौं बैठकका क्रममा आज प्रदेशसभामा विधेयक टेबुल गरिएको हो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ सभामा टेबुल गर्न समय दिएसँगै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले ‘कर्णाली प्रदेश प्रशिक्षण (स्थापना र सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा टेबुल गर्नुभयो ।

त्यस्तै, सामािजक विकासमन्त्री टेकराज पछाईंले ‘कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा टेबुल गर्नुभयो । प्रदेश सरकार गठनको तीन महिना पछि सभामा पहिलो पटक दुईवटा विधेयक गरिएका छन् ।

प्रदेशसभामा विधेयक टेबुल भएसँगै सभाको अर्को बैठक चैत २२ गते दिउसो ३ः०० बस्ने सूचना सभामुख गुरुङले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्