OnlinePana

आज : २०८३ जेठ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १७, २०७९सुर्खेत
४२६ पटक

 १७ चैत २०७९, शुक्रबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशनको आज बसेको नवौ बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेशसभाका ३९ सदस्य मध्ये ३८ जनाले उहाँलाई विश्वासका मत दिएका थिए ।

नेकपा (माओवादी केन्द्र)का १३, नेपाली कांग्रेसका १४, नेकपा एमालेका १०, नेकपा (एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३८ जनाले विश्वासको मत दिएका थिए । राप्रपाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको थियो ।

गत माघ ६ गते एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए । राष्ट्रिय राजनीति बदलिएसँगै संघ सरकारबाट राप्रपा बाहिरिएपछि कर्णालीमा पनि फागुन १८ गते मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएको थियो ।

दोस्रो पटक पनि उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गर्नुभएको थियो । जसअनुरुप उहाँले प्रदेशसभाबाट दोस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल हुनुभएको छ ।

प्रतिकृया दिनुहोस्