OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १७, २०७९सुर्खेत
४३१ पटक

१७ चैत २०७९, शुक्रबार

देशैभर आजबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदा कर्णालीबाट ३८ हजार नौ सय ७० परीक्षार्थी सहभागी भएका छन् ।

शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशका निर्देशक दीपा हमालका अनुसार यहाँका १० जिल्ला गरी १९ हजार तीन सय एक छात्र र १९ हजार तीन सय ७९ छात्राहरु सामेल भएका छन् । आज बिहान ८ः०० बजेबाट सुरु भएको एसईईमा कर्णालीमा १७९ वटा परीक्षा केन्द्र सञ्चालनमा रहेको निर्देशक हमालले बताउनुभयो ।

दश जिल्ला मध्ये ३२ परीक्षा केन्द्र रहेको सुर्खेतबाट नौ हजार एक सय ३९ परीक्षार्थी संख्या सबैभन्दा बढी सुर्खेत र चार परीक्षा केन्द्र रहेको डोल्पा छ सय ९८ जना परीक्षार्थी एसईई परीक्षामा सहभागी भएको उहाँको भनाई छ । चौबीस परीक्षा केन्द्र रहेको दैलेखमा पाँच हजार सात सय ३५ परीक्षार्थीहरु सामेल भएका छन् ।

एक्काईस परीक्षा केन्द्र रहेको कालिकोटमा तीन हजार सात सय ६६, बीस परीक्षा केन्द्र रहेको जाजरकोटमा चार हजार छ सय ५६ र सत्र परीक्षा केन्द्र रहेको जुम्लामा दुई हजार आठ सय ७७ जना परीक्षार्थी एसईईमा सहभागी भएको जनाइएको छ । त्यसैगरी, २३ वटा परीक्षा केन्द्र रहेको सल्यानबाट चार हजार नौ सय ८३ र तीन परीक्षा केन्द्र रहेको रुकुमपश्चिममा चार हजार दुई सय १६ परीक्षार्थी सहभागी भएका छन् ।

छ परीक्षा केन्द्र रहेको हुम्लामा एक हजार दुई ३४ र सात परीक्षा केन्द्र कायम गरिएको मुगुमा एक हजार छ सय ६६ परीक्षार्थी सहभागी भए । कर्णालीमा ३८ हजार नौ सय ७० परीक्षार्थी मध्ये नियमिततर्फ ३७ हजार नौ सय र ग्रेड वृद्धितर्फ एक हजार ७० जना परीक्षार्थी रहेको निर्देशनालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्