OnlinePana

आज : २०८० जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १६, २०७९सुर्खेत
७८ पटक

 १६ चैत २०७९, बिहीबार

जबरजस्ती करणी सम्बन्धी मुद्दामा १२ वर्ष कैद र रु.छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चौकुने गाउँपालिका १० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले विशेष सूचनाका आधारमा कामीलाई बुधबार घाटगाउँबाट नियन्त्रण लिई जिप्रका सुर्खेतको हिरासतमा राखिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

त्यसैगरी, जबरजस्ती करणी मुद्दामा दुई वर्ष तीन महिना कैद र रु.२५ हजार नगद सजाय भई फरार रहेका प्रतिवादी छोटु भन्ने समिर अहमद कबडियालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँग समन्वय फरार प्रतिवादीलाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय जाजरकोटमा उपस्थित गराएपश्चात् कबडियालाई जाजरकोट जिल्ला अदालतमा पेश बुधबार कारागार चलान गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्