OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १५, २०७९सुर्खेत
१७२ पटक

१५ चैत २०७९, बुधबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा शुक्रबार विश्वासको मत लिनुहुने भएको छ ।

नेकपा एमाले, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्री हुनुभएका शर्माले माघ छ गते ती दलहरुबाटै विश्वासको मत लिनुभएको थियो । राष्ट्रपतिको चुनावसँगै फेरिएको राष्ट्रिय समीकरणसँगै केन्द्रमा राप्रपा सरकारबाट बाहिरिएपछि राप्रपाका कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले गएको फागुन १८ गते सरकारबाट समर्थन फिर्ता लिनुभएको थियो ।

राप्रपाले समर्थन फिर्ता लिएको यही चैत १७ गते एक महिना पुग्ने भएकोले मुख्यमन्त्री शर्माले विश्वासको मत लिन लाग्नुभएको हो । शुक्रबार विश्वासको मत लिने प्रयोजनका लागि आज मुख्यमन्त्री शर्माले प्रदेशसभा सचिवालयलाई आवश्यक व्यवस्थापन गरिदिन चिठी पठाएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिनुभयो ।

“उहाँले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत लिनु हुनेछ,” सचिव बुढाथोकीले भन्नुभयो, “ शुक्रबार दिउँसो ३ः०० बजे प्रदेशसभाको बैठक बसेलगत्तै मुख्यमन्त्री शर्माले विश्वासको मत लिने गरी आवश्यक व्यवस्थापन गरिरहेका छौं ।”

नेकपा माओवादीका प्रमुख सचेतक रणसिंह परियारले मुख्यमन्त्रीको विश्वासका मतका लागि अहिलेसम्म सत्ता साझेदार दल नेकपा एमाले, एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कसैसँग छलफल नभएको बताउनुभयो । शुक्रबार लिइने विश्वासका मतका लागि सबै दलहरुसँग छलफल गरेर विश्वासको मत दिने वातावरण बनाइने उहाँले जनाउनुभयो ।

कर्णाली प्रदेशसभामा नेपाली कांग्रसेका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा एमालेका १०, राप्रपा, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रका एक÷एक गरी ४० सदस्य रहेका छन् । शुरबहादुर सिंह

प्रतिकृया दिनुहोस्