OnlinePana

आज : २०८० जेठ १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १३, २०७९सुर्खेत
१३२ पटक

 १३ चैत २०७९, सोमबार

कर्णाली प्रदेशको राजधानी जिल्ला सुर्खेतमा कार्यरत ६० पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको छ ।

नेपाल पत्रकार महासंघको ६८औं स्थापना दिवसको अवसरमा महासंघ सुर्खेतको समन्वय तथा नेपाल नेत्र ज्योति संघसँगको सहकार्यमा सुर्खेतका पत्रकारहरुको निःशुल्क आँखा जाँच गरिएको हो । महासंघ सुर्खेतमा आज पत्रकारहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा खटिएका चिकित्सक दीपेन्द्र सहनीले शिविरमा ६० जना पत्रकारहरुको आँखा जाँच गरिएको र देखिएको समस्या अनुसार निःशुल्क औषधिका साथै चश्मा उपलब्ध गराईएको बताउनुभयो । उहाँले भन्नुभयो, “जाँचको क्रममा आँखामा समस्या देखिनुको प्रमुख कारण पत्रकारहरुले ल्यापटप, कम्प्युटर, मोबाईल जस्ता ईलेक्ट्रोनिक वस्तुहरु बढी चलाउनु नै रहेको पाईएको छ ।”

कार्यक्रममा नेपाल नेत्र ज्योति संघअन्तरगत एकीकृत आँखा तथा कान कार्यक्रमका कर्णाली प्रदेश संयोजक मानबहादुर कुँवरले पत्रकारहरु अधिकतम समय विद्युतीय सामग्रीमा बिताउने गरेका कारण आँखामा विभिन्न समस्याहरु देखिएको जनाउनुभयो । ती समस्या समाधान गर्नुका साथै कर्णालीमा अन्धोपनलाई हटाउन आँखा उपचारका निम्ति फरक रणनीति बनाएर संघले काम गर्दै आएको उहाँको भनाई थियो ।

प्रतिकृया दिनुहोस्