OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ११, २०७९
३१२ पटक

११ चैत २०७९, शनिबार

नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को कर्णाली प्रदेश समिति अध्यक्षमा देवेश्वर गिरी पुनः सर्वसम्मत चयन हुनुभएको छ ।

संगठनको दोस्रो प्रदेश अधिवेशनबाट अध्यक्ष गिरी नेतृत्वको ३१ सदस्यीय प्रदेश समिति चयन भएको हो । उक्त समितिको उपाध्यक्षमा जमानसिंह परियार, मुकुन्द शर्मा, ललिता बोगटी, लोकबहादुर विष्ट, शिवराम केसी, सचिवमा रमेश खड्का, सहसचिवमा गोपाल बुढा, हंस महतारा र कोषाध्यक्षमा पुनम विक चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सावित्री रेग्मी, तिलकप्रसाद तिवारी, केशव सावद, इन्द्र केसी, युवराज बोहोरा, पदमबहादुर केसी, लोकेन्द्र महतारा, खगेन्द्रप्रसाद पराजुली, हरिशर्मा धिताल, हरि कामी, उमेश न्यौपाने, शिवराज महतारा, देवबहादुर चन्द, झलक घर्ती, लोकसिंह भण्डारी, विज्ञान महतारा, ताराबहादुर बुढा र दिपेन्द्र भण्डारी चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष गिरीले समितिको पहिलो बैठकबाट विचाराधिन अवस्थामा रहेको कर्णाली प्रदेश कर्मचारी निजामती सेवा ऐन ल्याउन सरकारसँग विशेष पहल गर्ने, मातहतका पदाधिकारीसँग कार्यसम्पादन सम्झौता गर्ने गरी आवश्यक जिम्मेवारी दिने निर्णय भएको बताउनुभयो । बैठकले दश जिल्लाका इञ्चार्ज तोक्नुका साथै समितिको वर्षमा तीन पटक पूर्ण र मासिक रुपमा सचिवालय बैठक बस्ने निर्णय भएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्