OnlinePana

आज : २०८३ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ११, २०७९
७५९ पटक

 

११ चैत २०७९, शनिबार

हुम्ला खार्पुनाथ गाउँपालिका निवासी लेखिका वसन्ती शाहीद्वारा लिखित पुस्तक ‘समय सकस’ लोकार्पण गरिएको छ ।

उक्त पुस्तक नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीले आज वीरेन्द्रनगरमा उक्त पुस्तक लोकार्पण गर्नुभएको हो । पूर्वमुख्यमन्त्री समेत रहेका शाहीले पुस्तक लोकार्पण गर्दै विश्व महामारीका रुपमा फैलिएको कोराना कालमा मानव जातिले भोग्नु परेको स्वास्थ्य र आर्थिक संकटको यथार्थता समेटिएर लेखिएको पुस्तकले प्रतिकूलित समयलाई अनुकूल बनाउन गरिएको संघर्षबारे प्रष्ट्याएको बताउनुभयो ।

कर्णाली प्रदेश लोक सेवा आयोगका सदस्यसमेत रहेका लेखिका शाहीले पुस्तकमा कोरोनाका कारण विश्व अर्थतन्त्रको समग्र उत्पादन, उत्पादकत्व एवं आपूर्ति प्रणालीमा पारेको प्रतिकूल प्रभाव, त्यसबाट सृजित असहज परिस्थितिले नेपालको अर्थतन्त्र र जनजीवनमा पारेको असर र भएको मानवीय क्षतिबारे उल्लेख गर्नुभएको छ ।

सो पुस्तकमाथि बालरोग विशेषज्ञ डा.नवराज केसी, मध्यपश्चिम विश्वविद्यालयका पूर्व रजिष्ट्रार महेन्द्रबहादुर मल्ल तथा साहित्यकार देवकी तिमिल्सिनाले टिप्पणी गर्दै तीन करोड नेपालीको स्वास्थ्यमाथि समकालीन राजनीतिले पारेको प्रभावबारे सरल शैलीमा लेखिएको जनाउनुभयो । पुस्तक ४०२ पृष्ठको रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्