OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ११, २०७९
२६६ पटक


११ चैत २०७९, शनिबार

नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले कम्युनिष्ट दलहरुसहितको समाजवादी धारा निर्माण गर्ने पक्षमा रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेश पार्टीको प्रशिक्षण भेलाका क्रममा सुर्खेत आई पुग्नुभएका उहाँले आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा कार्यक्रममा बोल्दै नेकपा (माओवादी केन्द्र)सँग मात्र नभई त्यसबाहेक अन्य कम्युनिष्ट दलहरुसहितको एउटा समाजवादी धारा निर्माण गर्ने अवधाराणा बनाइएको बताउनुभयो । यसका लागि बृहत छलफल भईरहेको बताउँदै अध्यक्ष भट्टराईले केन्द्र सरकारले पूर्णता पाएपछि एकताका विषयमा छलफल सुरु हुने जनाउनुभयो ।

पूवप्रधानमन्त्री समेत रहनुभएका उहाँले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्था सही तरिकाले अघि बढ्न नसकेकोले सन्तुष्ट हुनुपर्ने अवस्था नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकारसँग शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने अभिभारा छ । मुलुकलाई समृद्धिको दिशामा हाँक्नुपर्ने जिम्मेवारी छ ।” यो गठबन्धन दिगो हुनेमा भने अध्यक्ष भट्टराईले पूर्णरुपले विश्वस्त नरहेको तर्क गर्नुभयो ।

राजनीति शक्ति केन्द्र भएकोले मुलुकमा कति बेला के हुन्छ भन्ने थाहा नहुने भन्दै उहाँले वर्तमा सरकार स्थिर भएर अगाडि बढ्न सकेमात्र देशले सही गति लिने बताउनुभयो । पत्रकार भेटघाटकै क्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको दायर गरिएको मुद्दा शान्ति प्रक्रियाको मर्म विपरीत भएको टिप्पणी गर्नुभयो ।

प्रतिकृया दिनुहोस्