OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र १०, २०७९सुर्खेत
२१४ पटक

१० चैत २०७९, शुक्रबार

कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले मुलुकको विकास र समृद्धिमा प्रेसजगत्को महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

प्रदेशसभा सचिवालय आज पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सभामुख गुरुङले प्रेसजगत् लोकतन्त्र सुदृढीकरणको महत्वपूर्ण पक्ष भएको जनाउनुभयो । उहाँले पत्रकार र संसदबीच नङ् र मासु जस्तो सम्बन्ध भएको बताउनुभयो । कर्णाली भूगोल, शिक्षा र स्वास्थ्यका हिसाबले पछि परेको बताउँदै यहाँको विकासमा सबै सरोकारवालाहरुलाई जिम्मेवार बनाउन सञ्चार क्षेत्रले असल पहरेदार भएर काम गर्नेमा विश्वस्त रहेको उहाँको भनाई थियो ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले संसदीय गतिविधिहरु सम्प्रेषणमा पत्रकारहरुको सकरात्मक गतिविधि रहेको बताउनुभयो । उहाँले पछिल्लो समयमा प्रदेशसभा सचिवालयमा विधेयक दर्ता नभएको जानकारी दिनुभयो । कार्य व्यवस्था परामर्श समितिसहित चारवटा विषयगत समितिको पनि गठन हुन नसक्दा काम कारवाही नदेखिएको सचिव बुढाथोकीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्