कोरपाटी संवाददाताचैत्र ९, २०७९ सुर्खेत
२०९ पटक
९ चैत २०७९, बिहीबार
कर्णाली प्रदेश नीति तथा योजना आयोगका नवनियुक्त उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उपाध्यक्ष शाहीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । गत मसिंरमा सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट दैलेख निर्वाचन क्षेत्र नं. २ (२)बाट चुनाव लडेर उहाँ नेकपा एमालेको विनोदकुमार शाहसँग पराजित हुनुभएको थियो ।
कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा २०७६–०७८ मा शाही कर्णाली प्रदेश योजना आयोगका सदस्य बन्नुभएको थियो । कर्णाली प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो ।