OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही बैशाख २७, २०७७सिञ्जा,
३२३९ पटक

२०७७ वैशाख २७ गते । नेपाली भाषाको उद्गम स्थल सिञ्जाको ईतिहास बिस्तारै खोतलिदै छ ।
सिञ्जा देयारपाटामा हलो जोत्दै गर्दा हलि जोखे कार्की र जग्गा धनी धनलाल उपाध्यायले पाएका सुनले चर्चा पाईरहेको समयमा भने सिञ्जामै आठधार्नी सुन पाईएको अर्को ईतिहास भेटिएकोछ ।
सिञ्जा देयारपाटामा गह्रो जोत्दै गर्दा सुनको असर्फीले भरिएको गाग्रीको इतिहास अहिले ताजै छ । जो सुन अहिले पुरातत्व विभागमा ५७ सिक्का राखिएको भन्ने सुनिन्छ ।
सुन्दा अच्चम लाग्ने तर अर्को सत्य घटना तत्कालिन समयको विशाल सिञ्जा साम्राज्यको राजधानीको ठाडोसडा (पाखोगडा) स्थानमा सातधार्नी सुन पाईएको ईतिहास खुलेको छ ।
बि.स १९९३ मा कनकासुन्दरी मन्दिरको नजिकैको ठाडासडामा हलो जोत्दै गर्दा सुनका ढिक्काले भरिएको अर्को वाकस भेटिएको थियो । तर सुन भेटिदा भने सहजै मानिसहरुले विश्वास नगरेर एक छिन छोएका थिएनन् । एक छिन त किसानले सुन टिपेनन पछि बिस्तारै घरमा लिएर सुरक्षित राखेको ईतिहास अहिले त्यहाँका जानकारहरु बताउछन् ।
सो धेरै ठूलो मात्रा (सातधार्नी) को सुन हालको कनकासुन्दरी नजिकै ठाडासडामा स्थानीय धौलो सुनारले पाएको कनकासुन्दरी गाउँपािलका हाटसिञ्जा निवासी सिञ्जा क्षेत्रका जानकार तथा जुम्ला जिल्ला पूर्व सभापति ८८ बर्षिय धनलाल हमालले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय धौलो सुनारले आफ्नो गह्रामा सुन पाउनुभएको थियो । उहाँका अनुसार आठधार्नी सुनपाईएको आफुले थाहाँ पाएको थिए । पछि कता के भयो ? भन्ने बिषयमा जानकारी भएन ।
यता हजुर बुवाले ठूलो मात्रामा सुन पाउनुभएको थियो तर अहिले हामी नै गरिब भएको धौलो सुनारका नाति कृष्ण सुनारले जानकारी दिनुभयो हजुरबुवाले सुन पाएको वुवाहरुले पनि स्पष्टै भन्नु हुन्थ्यो । तर खास त्यसलाई जोगाउन सकिएनछ ।
हजुर बुवाले सिञ्जा कनका सुन्दरी मन्दिर नजिक ठाडोसडोमा एक हलिको साथमा हलो जोत्न जानु भएछ । हलो जोत्ने क्रममा सुनका ढिक्काको बाकस निक्यो । त्यसपछि साँझतिर घरमा केही सुन लिनुभएको थियो तर पछि घरमा राखेको सुन अर्को व्यक्तिले धेरै भाग चोरर लगेको ईतिहास अहिले कृष्णले सुनाउनु हुन्छ ।
हलो जोत्ने व्यक्ति गाउँकै थिए । सुन घरमा गोठको भकारीमा राखेर धेरै सुन चोरी भएछ । बचेको केही सुन प्रयोग भयो होला भन्ने बुवाले बताउनु हुन्थ्यो ।
सुनपाउनेको शुन्य लाग्यो साहुँवाडा धौलेको –
सुन सम्झिदै बसेका छौ ईतिहास उहिलेको,

हामी सिञ्जाको ईतिहास खोज्दै जादा सुन पाएका भनिएका व्यक्तिको घरको सम्पर्कमा गयौ । त्यहाँ सुन पाएका भनिएका धौले सुनारका नाति कृष्ण सुनार भेटिनु भएन, घरमा कृष्ण सुनार नभेटिएपछि केही समय पछि जुम्ला सदरमुकाममा म सँग भेटघाट भएपछि एकरातभरी सँगै बसेर सुनको ईतिहास देखी सिञ्जा ईतिहास बारे छलफल गर्यौ ।
कृष्ण सुनार अहिले काठमाण्डौमा बसेर पत्रकारिता गर्नु हुन्छ । कनकासुन्दरी मन्दिर नजिकै रहेको साहुँबाडा अहिले गरिबि भित्र समृद्धि खोजिरहेको उहाँले बताउनुभयो । हजुरवुवाले पाएको सुन मात्रै बचाईदिएको भए कहाँ पुग्थ्यौ होला उहाँ अहिले सम्झिदै टोलाउनु हुन्छ । सुन पाएको स्थानका खसिको बलि समेत दिईएको वुवा सिंह सुनारले जानकारी दिनु भएको कृष्णले सम्झनुभयो । बि.सं २०५५ सालमा बुवा सिंह सुनार बित्नु भएको उहाँले बताउनुभयो । धौलो सुनारका ३ छोरा, जेठा वुवा धर्मे, माईला चन्द्र सुनार र कान्छा सिंह सुनारका छोरा कृष्ण हुन । आफ्ना ६ बहिनी १ भाई, जेठा वुवाका नाति ३ र ३ नातिनी, माईला एक छोरी रहेका छन् ।
अहिले कोभिड १९ को महामारी जस्तै त्यो समयको महामारीले साहुँवाडा कुलालका १५ घरधुरी सवैको मृत्यू भएको इतिहास पनि बुवाले सुनाएको उहाँले बताउनुभयो । पछिल्ला धेरै समय पछि पनि साहुँवाडाको जमिनको वरिपरि पनि सुन पाईएको ईतिहास छ । सो क्षेत्रमा तत्कालिन सिञ्जा राज्यको दरवार समेत रहेको थियो ।
पञ्चायतामा राजनिति ः
पञ्चायत कालमा दलित परिवारबाट साहुँबाडामा सुनार परिवार राजनिति पनि गर्थे । सिहं सुनार तत्कालिन समयमा नेपाली कांग्रेसबाट माननीय उठेका थिए । चुनावमा धेरै खर्च भएको रहेछ । अढाई बिगा जग्गा बर्दियाको पाथाभर गाविसमा रहेको जग्गा चुनावी खर्च भन्दै सिध्याएका थिए ।
कृष्णले जेठावुवा धर्मे सुनार पनि डिजाईनर हुनुन्थ्यो । सिञ्जाको भैसेरी वाट बडुवालवाडा जाने र लुड्कु हुदै बडुवालवाडाको कुलाको डिजाईन उहाँले गर्नुभएको थियो । परम्परागत रुपमा रहेको ठेकापट्टामा निकै अग्रणी थिए । भारतको गडवालको नौ गाउँ बड्कोटमा विवाह गरेर बसेका थिए । पछि भारतमै उनको ज्यान लिईएको थियो ।
बुवाहरु सवै बित्नुभयो । अहिले कृष्ण सुनार पूर्व नेकपा माओवादीको विद्यार्थी राजनिति हुदै पत्रकारिता सहित समाजसेवा गरिरहनुभएको छ ।
संरक्षण नहुदा निसाना मेटिदै ः
यो आलेखले पनि के देखाउछ भने तत्कालिन सिञ्जाको राजधानी पेरिफेरीमा सुन मात्रै नभई थुप्रै सम्पति छ र थियो । कैयौ सम्पति संरक्षण नहुदा चोरी भएर नष्ट भएको छ । तत्कालिन सिञ्जा साम्राज्य पतन भएको दिन देखी कैयौ सरकार आए तर सिञ्जालाई संरक्षण गर्ने काम हुन सकेको छ्रैन् । बि.सं २०४२ सालमा देयारपाटाको सुनकाण्ड पनि केही लेखकले दस्ताबेज गरेका छन् तर त्यस क्षेत्रको सम्भावनालाई संरक्षण गर्ने कुनै योजना भएन । बरु सुन पाउने व्यक्तिलाई उल्टै जेलनेल गरेर सकस दिईयो । अहिले बल्ल सिञ्जा संग्राहलय स्थापना भईरहेको छ । सरकारले पशुपतिनाथलाई विशेष निगरानी गरेर प्रमुख पर्यटकीय गन्तब्य बनाउदा सिञ्जामा हाल सम्म कुनै किन आधिकारिक संरचना बनाएर संरक्षण र उत्खनन गरिदैन । अहिले पनि कनकासुन्दरी मन्दिर सहितका क्षेत्रहरु घेरवारको अभाबमा छन् ।
यो जिम्मेवारी हिजो हामी सिंहदरवारलाई मात्र हो भनेर धारे हात लगाउथ्यौ । आज प्रदेश सरकार छ । स्थानीय सरकार दैलोमा आएको छ । सिञ्जा सभ्यता जोगाउन, ईतिहास जोगाउन अव पनि ठोस योजना बनाएनौ भर्ने निसाना मेटिदैछन् । अर्को पुस्तामा निसाना मेटिने डर छ ।

प्रतिकृया दिनुहोस्