OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ८, २०७९जुम्ला,
४०३ पटक

चैत ८ गते । जुम्लामा एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाले वलिदानी दिवश मनाएको छ । जनयूद्धको क्रममा तत्कालिन राज्यपक्षबाट ज्यान गुमाएका शिक्षकहरुको सम्झनामा दिवश मनाएको बताईएको छ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका अध्यक्ष जयशंकर धितालका अनुसार जिल्लामा दिवश मनाईएको हो ।

अखिल नेपाल शिक्षक संगठन जुम्लाले २०६१ साल चैत ८ गते आजका दिन तत्कालिन शिक्षक खड्कबहादुर देवकोटाको राज्यपक्षबाट हत्या गरिएको दिनको अवसरमा शिक्षक वलिदानी दिवश मनाएको बताएको छ । दिवशमा सदरमुकामा उपलब्ध शिक्षकहरुले सहिद खड्कबहादुर देवकोटाको तस्बिरमा माल्यापाण तथा अविर लगाएर सम्झना गरेका हुन । देवकोटाले वलिदानी गरेकाले चैत ८ लाई वलिदानी दिवश मनाउदै आएको केन्द्रीय उपाध्यक्ष रेश्मीलाल चपाईले बताउनुभयो ।

जुम्लामा दिवशको अवसरमा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य चन्द्रविर तिरुवाले परिवर्ततका लागि वलिदानी गर्ने सहिदको योगदान कहिल्यै भुल्न नहुने बताउनुभयो । उहाँले सहिदका सपना पुरा गर्न पार्टी लागि रहनुपर्ने बताउनुभयो । उहाँले सरकारले जनयूद्धका सहिदलाई राष्ट्यि सहिदमा सुचिकृत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रतिकृया दिनुहोस्