OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ८, २०७९जुम्ला ,
५४१ पटक

 

चैत ८ गते । प्रधानन्यायधीसलाई सहिद परिवारले ध्यानाकर्षण गरेका छन् । माओवादीले शुरु गरेको शशस्त्र यूद्धकालमा ज्यान गुमाएका परिवारले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई शान्ति प्रक्रिया विथोल्ने प्रकारको मुद्दा खारेज गर्न ध्यानाकर्षण गराएका हुन् ।

जुम्लामा भेला भएर जिल्ला प्रशासन कार्यालयबाट दिईएको ज्ञापनपत्रमा ३ वुद्दे माग सहित नेपाल सरकारलाई समेत वोधार्थ समेत गरेर ध्यानाकर्षण गराएका हुन् । उनिहरुको मागमा नेपाल सरकारका प्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथी सर्वोच्च अदालनतमा दर्ता गरिएको द्वन्द सृजना गर्ने, शान्ति प्रक्रिया विथोल्ने प्रकृतिको मुद्दा अविलम्ब खारेज गरियोस् , वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ मा संशोधन गर्न वनेको विधेयक यथासिघ्र पारित गरि शान्ति प्रक्रियालाई टुंगोमा पुरयाईयोस् भन्ने छ । उनिहरुले तेस्रो नम्बरमा शान्ति प्रक्रियालाई विथोल्ने तथा राजनितिक क्रान्तिकालाई अपराधिकरण गरिएमा पूर्व राजा ज्ञानेन्द्र सहित तत्कालिन सरकारका उच्च पदस्थ व्यक्तिलाई मुद्दा दर्ता गर्न वाध्य नपारियोस भन्ने छ ।

ज्ञापन पत्रमा भनिएको छ, यदि शान्ति प्रक्रियालाई विथोल्ने उद्देश्यका साथ झुटा मुद्दा लगाएर राजनितिक क्रान्तिलाई अपराधिकरार गर्न खोजिएमा शाही ‘कु’ को नेतृत्व गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह लगायत तत्कालिन सरकारका उच्च पदस्थ व्यक्तिहरु माथी मुद्दा दर्ता गर्न वाध्य नवनाईयोस् ।

ज्ञापन पत्रमा भनिएको छ, मुलुकमा समानुपातिक, समावेशी, संघीय गणतन्त्रात्मक व्यवस्थाका संस्थापक सम्माननीय नेपालका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई शान्ति प्रक्रिया भाड्ने गरि द्वन्दकालिन बिषयमा पुर्वाग्रही रुपमा दर्ज गरिएको मुद्दाका बिषयमा हामी गम्भिर र सम्वेदनशिल वनेका छौ । सो बिषय समग्र शान्ति प्रक्रिया भाड्ने षड्यन्त्र भएकाले यसको खारेजी सहित नेपालको यूगान्तकारी परिवर्तनका लागि भएको जनयूद्धमा बलिदानी दिने सहिदको तर्फबाट हामी सहिद परिवार समाजको तर्फबाट ध्यानाकर्षण गराउदछौ । सम्मानित सर्वोच्व अदालतले सो बिषयलाई हेलचेक्राई गरि शान्ति प्रक्रियालाई सामान्य ठानेर समग्र शान्ति प्रक्रियामा ठेस लाग्ने कदम चालेमा चरणवद्ध संघर्ष कार्यक्रमहरु गर्न वाध्य हुनेछौ ।

सहिद परिवारले प्रधानन्याधीसलाई दिएको ज्ञापनपत्रमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवार काठमाण्डौं र संसद सचिवालय, सिंहदरवार काठमाण्डौमा वोधार्थ गरिएको छ । जनक्रान्तिका महान सहिशद परिवार समाज जुम्लाका अध्यक्ष बिष्णुबहादुर भण्डारीले सहिदको रगतमाथी खेलवाड गरिए तुरुन्त आन्दोलन शुरु गरिने बताउनुभयो । जुम्लामा जनयुद्धको समयमा २५० जना व्यक्तिले ज्यान गुमाएका नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारीले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्