OnlinePana

आज : २०८३ बैशाख २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ७, २०७९
५२६ पटक

७ चैत २०७९, मंगलबार

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत बहुमुखी क्याम्पस सुर्खेतमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अक्कलबहादुर सिंजापति सभापतिमा विजयी हुनुभएको छ ।

यही चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सिंजापति नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार उहाँले नौ सय ६७ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका हिक्मत शाहीलाई चार सय ७९ मतले ल्याउनुभएको थियो ।

त्यस्तै, सचिवमा अनेरास्ववियुका भुवानीप्रसाद ढकालले नौ सय चार मत ल्याउँदा उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका मिलन विसीले चार सय ७२ मत प्राप्त गर्नुभयो । कोषाध्यक्षमा अनेरास्ववियुका ललित रानाले सात सय ७० र उहाँका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका रामशरण विकले चार सय ५० मत मात्र प्राप्त गर्नुभयो ।

कार्य समिति सदस्यहरुमा अनेरास्ववियुका भरतबहादुर शाहीले आठ सय ५४, राधा रिजालले आठ सय ५९, गगन आले मगरले आठ सय ८४, जुद्ध रोकायले आठ सय ८८, दिपेन्द्र शाहीले आठ सय ३०, महेन्द्रविक्रम खड्काले सात सय ९३, निरा जैशीले आठ सय ५० र अशोक बराल मगरले आठ सय ६९ मत प्राप्त गर्नुभयो । निर्वाचनमा एक हजार छ सय ८१ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस्