OnlinePana

आज : २०८२ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
चैत्र ६, २०७९
२३२ पटक

६ चैत २०७९, सोमबार

ईलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले वन मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीले सुर्खेत जिल्ला अदालतको फैसलाबाट वन मुद्दामा पाँच महिना १२ दिन कैद सजायसहित रु.६० हजार ८०० नगद जरिवाना तोकिएका भेरीगंगा नगरपालिका १ सुर्खेत बसेरी गाउँ निवासी ३५ वर्षीय धनबहादुर पुलामीलाई आज पक्राउ गरेको हो ।

अदालतको फैसला कार्यान्वयनका क्रममा छिन्बाचुट गएको सादा पोशाकको प्रहरीले सोही ठाउ बस्ने खडकबहादुर पुलामीको पसलबाट उनलाई नियन्त्रणमा लिइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी बरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ गरिएका पुलामीलाई सम्मानित सुर्खेत जिल्ला अदालतमा बुझाइएको छ ।

प्रतिकृया दिनुहोस्