OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताचैत्र ६, २०७९काठमाडौं
१७६ पटक

६ चैत २०७९, सोमबार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । आज सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थनमा मत दिएका थिए । ८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए तर एक जना तटस्थ बसे ।

मतदानमा २६२ प्रतिनिधिसभा सदस्यहरुले भाग लिएका थिए । पुस १० गते नेकपा एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्री भएपछि त्यसपछि पुस २६ विश्वासको मत लिनुभएका उहाँले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन गरी रामचन्द्र पौडेललाई जिताएपछि एमाले र राप्रपाले समर्थन फिर्ता लिएका थिए ।

सरकारलाई समर्थन दिएका दलले समर्थन फिर्ता लिएपश्चात् प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण प्रधानमन्त्रीले साढे दुई महिनाभित्रै दोस्रो पटक विश्वासको मत लिनुपरेको हो ।

आज प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिएका थिए ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीले मागेको विश्वासका मतको असमर्थन गरेका थिए ।

प्रतिकृया दिनुहोस्