OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,चैत्र ४, २०७९जुम्ला,
२७४ पटक

चैत ४ गते । जुम्लाको हिमा गाउँपालिका वडा नम्बर ५ मा सवै वालवालिका विद्यालयको पहुँचमा पुगेका छन् ।
सो वडाले घरधुरी सर्वेक्षण गरेर सवै घरमा रहेका वालवालिका विद्यालयको पहुचमा पुगेका र कोही पनि वालवालिका विद्यालय वाहिर नरहेका भन्दै घोषणा गरेको हो । शुक्रवार हिमा गाउँपालिका ५ अन्तरगत रुपाकोट आधारभुत विद्यालयको प्रांगणमा जिल्ला स्तरीय बृहत घोषणा कार्यक्रम गरेर वडा नम्बर ५ मा कोही पनि वालवालिका विद्यालय वाहिर नरहेको घोषणा गरिएको छ ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सो वडा अन्तरगत ३३५ घरधुरीका ९१३ वालवालिका विद्यालय पहुँचमा पुगेका तथ्यांक प्रतिवद्धता सहित सार्वजनिक गर्नु भएको छ । उहाँले विद्यालयको पहुँचमा रहेका वालवालिकालाई कसरी टिकाई राख्ने सो विषयमा जोड दिईने प्रतिवद्धता जनाउनुभयो । उहाँले रुपाकोट आधारभुत विद्यालयको घेरवारका लागि पहल भईरहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले घोषणा कार्यक्रमको उद्धाटन गर्नुभयो । उहाँले हिमा गाउँपालिकाको सो वडाले जिल्लाकै नमूना काम गरेकाले धन्यवाद दिदै यस्ता काममा जिल्ला समन्वय समितिले आवश्यक समन्वय तथा सहकार्यमा जोड दिनेमा जोड दिनुभयो । उहाँले अहिले पनि वालवालिकाहरु विद्यालय वाहिर रहनु हुदैन भन्ने सन्देश वडा नम्बर ५ ले दिएको र दिगो रुपमा टिकाई राख्न सवैको पहल हुनेमा जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले महत्वपूर्ण कार्यक्रमका लागि गाउँपालिकालाई धन्यवाद दिदै विद्यालय आएका वालवालिकालाई विद्यालय नछोड्न सन्देश दिनुभयो । उहाँले वालवालिकालाई भन्नुभयो, तपाई सवै उच्च शिक्षा सम्म पढ्न नछोड्नु र जुम्लाले अव डाक्टर उत्पादन समेत गरिसकेकाले भविश्यमा सजिलो हुनेमा जोड दिनुभयो । खचाखच भरिएको रुपाकोट आधारभुत विद्यालयमा सो कार्यक्रममा जिल्लाका सरोकारवालाको बलियो उपस्थिति देखेपछि विद्यालय परिवारले भब्य स्वागत पनि गरेको थियो । प्रधानाध्यापक शान्ति कुमारी शाहीले अहिले सम्म राज्यका महत्वपुर्ण व्यक्तित्वहरु उपस्थित हुन नसकेको यस विद्यालयमा महत्वपूर्ण कार्यक्रम भएकाले सवैलाई धन्यवाद दिनुभयो । उहाँले रुपाकोट विद्यालयमा आउने वालवालिकाको शैक्षिक गुणस्तरण थप सुर्धान स्थानीय सरकार र सरोकारवाला निकायको भूमिका महत्वपूण रहेकोमा जोड दिनुभयो । केही बर्ष अघि अभिावक विभाजित हुदा विद्यालय छुट्टाछुट्टै स्थानमा संचालनमा गरेपनि रुपाकोट आ.वि अहिले एक ठाउँमा संचालनमा आएको छ ।

गाउँपालिका शिक्षा शाखा प्रमुख दन्तबहादुर रावतका अनुसार यस वडामा रहेका सो वडा अन्तरगत ३३५ घरधुरीका ९१३ वालवालिका अहिले विद्यालयमा रहेका बताउनुभयो । उहाँका अनुसार बुअ गाउँका २१० घरधुरीका ६३० वालवालिका र बाजागाडा गाउँका १२५ घरधुरीका २८३ वालवालिका विद्यालयको पहुँचमा पुगेका छन् । उहाँका अनुसार विद्यालयमा भर्ना भएका ९१३ वालवालिका मध्य ५४० जना छात्रा रहेका छन् । घोषणका कार्यक्रमका अध्यक्ष तथा वडाध्यक्ष कालो शाहीले विद्यालय भर्ना अभियान चलिरहेको समयमा वडाका सवै वालवालिकाको विद्यालयमा पहुँच पुरयाउन सहयोग पुरयाउने अभिभावक, विद्यार्थी र सरोकारवाला निकायलाई धन्यवाद दिनुभयो । उहाँले अव विद्यालय अझै भौतिक पूर्वाधार अपुग भएकाले सहयोग गर्न सरोकारवाला निकायलाई अनुरोध गर्नुभयो । सो कार्यक्रममा साझेदार गैरसरकारी संस्था प्लान नेपाल, किर्डाक नेपालले समेत सहयोग गरेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यस कार्यमा सहयोग पुरयाउने सवैलाई धन्यवाद दिदै जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय,नेपाल पत्रकार महासंघ जुम्ला, प्लान नेपाल, किर्डाक नेपाल लगायत सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

घोषणा कार्यक्रममा गाउँपालिकाका उत्कृष्ट शिक्षक महेश रावल सहित अभियान सफल गर्ने रुपाकोट आधारभुत विद्यालय, कालिका मा.वि तलिकुडु लगायत विभिन्न निकायलाई सम्मान गर्नुका साथै स्थानीय देउडा मार्फत वालवालिकाले घोषणा कार्यक्रममा देउडा मार्फत स्वागत समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस्