OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र २, २०७९जुम्ला,
३५४ पटक

चैत २ गते । जुम्लाको गुठीचौर गाउँपालिकामा अध्यक्ष  दानबहादुर बुढा, कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय अधिकृत बीच विद्यालयमा स्वंसेवक शिक्षक कार्यक्रम कार्यान्वयन गर्ने र नगर्ने बिषयमा विवाद वाहिरिएको छ ।

गाउँपालिका अध्यक्ष बुढासहित केही कार्यपालिका सदस्यले स्वयम्सेवक शिक्षक भर्ना कार्यक्रम कार्यन्वयनमा प्रशासकीय अधिकृतले रोकेको भन्दै पत्रकार भेटघाट गरि धारणा सार्वजनिक गरेका छन् । वडा नम्बर एकका वडाध्यक्ष तथा प्रवक्ता अर्जुन कुमार महताराले पत्रकार भेटघाटमा अढाई पाने प्रेसनोट पढेर सुनाउनु भएको छ । सो धारणापत्रमा १२ औ गाउँसभाले पारित गरेको शिक्षामा लगानी परिवर्तनमा टेवा, सरकारको सफलता घरघरमा सेवा भन्ने मुलनारा सहित शिक्षण सिकाई अनुदानमा कोटामा स्वयंसेवक शिक्षक नियुक्ति कार्यविधि २०७९ पारित गरि सो कार्यविधि अनुसार पदपुर्ति सम्वन्धी व्यवस्थालाई आन्तरिक मामिलाका राय सहित १३ औ हिउँदेसभामा समेत अनुमोदन गरिएको र प्रशासकीय अधिकृतले कार्यान्वयन आनकानी गर्नु भएको उल्लेख छ । सो प्रेसनोटमा विद्यालयमा विगत लामो समय देखी विद्यार्थीको अनुपातमा शिक्षकको अभावलाई हल गर्न विद्यालयको शैक्षिक सुदृढिकरण ( स्वयंसेवक शिक्षक) शिर्षकमा पैतालिस लाख र विद्यालयलाई प्रविधि सँग जोड्न कम्यूटर शिक्षक व्यवस्थापन शिर्षकमा रु ८ लाख ६० हजार बजेट विनियोजन भएपनि प्रशासकीय अधिकृतले कार्यान्वयन नगरेको उल्लेख छ ।

सो धारणापत्रमा यस भन्दा पहिलाका हाकिम सिंह बहादुर खत्री सँग पनि यो बिषयमा मनमुटाव भएको र अहिले उहाँको सरुवा भएको भनिएको छ । सिंहबहादुर खत्रीको सरुवा भएपछि अहिले देवकी रावल निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । पत्रकार भेटघाटमा वाचन गरिएको प्रेस नोटमा पातारासी गाउँपालिका, हिमा गाउँपालिका, सिंजा गाउँपालिकाले दैलखको आठवीस नगरपालिकाले स्वंसेवक शिक्षक भर्ना गरिएका बताईएको छ ।

सृजनात्क काममा रोक्ने काम भयो : अध्यक्ष बुढा

पत्रकार भेटघाटमा अध्यक्ष बुढाले जनप्रतिनिधिले ल्याएका सृजनात्मक काममा कर्मचारीले सहयोग गर्नुपर्ने भएपनि प्रशासकीय अधिकृतबाट रोक्ने काम भएको हुदा राम्रो नभएको बताउनुभयो । उहाले सार्वभौम अधिकार प्राप्त स्थानीय सरकारको वहुमत निर्णयलाई नमान्ने बाटो खुला गरिदिनुपर्ने समेत बताउनुभयो । उहाँले पत्रकारले सोधेका जिज्ञासामा शिक्षक दरवन्दी अभाव भईरहेको समयमा परिपुर्ति गर्ने उद्देश्य मात्रै भएको र अन्य कुनै उद्देश्य नभएको जिकिर गनुभयो ।

पत्रकारले स्वंसेवक शिक्षक भर्ना त पहिल्यै भईसकेका होईनन् वा सूचनाको आधिकारिकताको बिषय के भन्ने लगायतका जिज्ञासामा अध्यक्ष बुढाले त्यसो नभएको तर कार्यक्रमनै कार्यान्वयन नभएकोमा जोड दिनुभयो ।

कार्यविधिी संघीय ऐनसँग वाझिदा अगाडि बढाईएन : प्रशासकीय अधिकृत
प्रमुख प्रशासकीय अधिकृत देवकी रावतले विकास बजेट खर्चेर स्वयंसेवक शिक्षक राखेर खर्च नगर्न परिपत्र आएको बताउनुभयो । उहाँका अनुसार आफुले स्वयंसेवक शिक्षक बिषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा राय मागेकाले मन्त्रालयले समानिकरणको बजेट सो शिर्षकमा खर्च गर्न नसकिने पत्र आएकाले सो कार्यक्रम अगाडि बढाउन नसकिएको बताउनुभयो ।

उहाँले यही बिषयमा अघिल्लो प्रशासकीय अधिकृतको सरुवा भएको र आफुलाई पनि दवाव आईरहेकाले समस्या भएको जानकारी दिनुभयो । उहाँले त्यसको विकल्पमा दरवदी मिलान गरौ वा अन्य कुनै विकासको काम गर्न सकिने बताउनुभयो । उहाँका अनुसार सो कार्यविधि संघीय कानून सँग वाझिनेगरी पारित भएकाले समस्या भएको बताउनुभयो ।

संघीय मामिला तथा सामान्जय प्रशासन मन्त्रालयले गरेको परिपत्र अनुसार स्वीकृत दरवन्दी अन्तरगतका शिक्षकको तलव भत्ता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत सशर्त अनुदानबाट स्थानीय तहमा वित्तिय हस्तान्तरण हुने व्यवस्था रहेको छ । स्वीकृत दरवन्दी बाहेक स्वयम् सेवक शिक्षकको तलव भत्ता चालु प्रकृतिको प्रशासनिक खर्च अन्र्तगत पर्ने देखिएकोले सो सम्वन्धी खर्च समानीकरण अनुदानबाट व्यहोर्न नमिल्ने उल्लेख छ ।

गाउँपालिका उपाध्यक्ष शान्ति कुमारी मल्ल (भण्डारी)का अनुसार नियम विपरित जनप्रतिनिधिले कर्मचारीलाई दवाव दिन नहुने प्रतिक्रिया दिनुभयो । पालिकाको आन्तरिक आयस्रोत भएको खण्डमा यस्ता स्वयम् सेवक शिक्षक भर्ना गर्न सकिने हो । अन्यथा गर्नु हुदैन । अघिल्ला प्रमुख प्रशासकीय अधिकृत सँगपनि यही विषयमा विवाद भएको थियो ।

उहाँले कार्यविधि पास भएकोछ, तर आफु नभएको समयमा पास गरिएको बताउनुभयो । तर गाउँपालिका अध्यक्ष बुढाले वहुमत कार्यसमिति कार्यविधि र निति कार्यक्रममा आएको कार्यक्रम र बजेट कार्यान्वयन पक्षमा भएकाले कार्यान्वयन हुनुपर्नेमा जिकिर गर्नुभयो । प्रशासकीय अधिकृत रावतले भने भने वाझिने कार्यक्रम गर्न नसकिने भएकाले विकल्प खोज्न जनप्रतिनिधिलाई अनुरोध गर्नुभयो । संशोधन गर्दा उचित हुने बताउदै आउनु भएको छ ।

क्याप्सन  : गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा सहित कार्यपालिकाले गरेको पत्रकार भेटघाट तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्