OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन ३०, २०७९जुम्ला ।
३२१ पटक

फागुन ३० गते । कर्णालीमा मुक्ति मोर्चा अभियान शुरु गरिएको छ । बिप्लव निकट नेपाल कम्यूनिष्ट पार्टीले मुक्तिमोर्चा अभियान थालेको हो ।
नेपाल कम्यूनिष्ट पार्टी निकट मुक्ति मोर्चाले जिल्लामा पत्रकार भेटघाट गरेर अभियान शुरु गरेको जानकारी गरेको छ ।

जुम्लामा भेला गरेर कर्णाली मुक्ति मोर्चाको समिति घोषणा गरेको छ । मोर्चाले कर्णबहादुर भण्डारी (सि) को नेतृत्वमा १९ सदस्यीय कमिटि गठन गरिएको छ । कमिटिको सदस्यमा कमल बटाला, सिंग फडेरा, गौरव फडेर, कालिवहादुर परियार, धनमान बुढा, भक्त बहादुर रावल, फुलटौरा टमटा, कलसा वि.क., छिरिङमिङ्मार लामा, बृजबहादुर शाही, प्रमान मल्ल, लक्ष्मी रोकाया, नविन वि.क., हरि महतारा, कर्णबहादुर विश्वकर्मा र दुध ज्यामोसी लामा रहेका छन् । मोर्चाले सवै नामको पछाडि (सि) नामक कोड दिईएको छ । मोर्चाले अन्य समिति विस्तार पछि गरिने जानकारी गरिएको छ ।

मोर्चाले जुम्लामा गरेको पत्रकार भेटघाट कार्यक्रममा संयोजक कर्णबहादुर भण्डारी (सि) ले मोर्चा अभियानका लागि तयार पारिएको प्रेस विज्ञेप्तिको घोषणापत्र वाचन गरेर सुनाउनु भएको छ । उहाँले प्रस्तुत गर्नुभएको घोषणापत्रमा कर्णाली मुक्तिमोर्चा कर्णालीवासीको हकहित, कर्णाली मुक्ति मोर्चा सम्पूर्ण उत्पीडित कर्णालीवासीको हकहीत र संरक्षणका लागि गठित मोर्चा भएको उल्लेख रहेको छ । घोषणापत्रमा सम्पूर्ण उत्पीडित कर्णालीवासी कर्णाली क्षेत्रको उत्पीडनका विरुद्ध संघर्ष गर्ने छ र मार्चा कर्णालीवासीका साझा हकहीतको संरक्षणका लागि लड्ने छ । यसमा भनिएको छ, मुख्य लक्षित क्षेत्र कणाली क्षेत्र हुने र यसका लक्षित समुदाय कर्णालीवासी जनता हुनेछन् ।

मोर्चाले कर्णाली क्षेत्रको राजनैतिक, आर्थिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास, संरक्षण र सम्बर्धनका लागि उपयुक्त कदम चाल्ने, मोर्चाको उद्देश्य नेपाल वा नेपाल बाहिर जुनसुकै स्थानमा बसोवास गरेको भए पनि कर्णालीको विकास, र समृद्धि तथा कर्णालीका सांस्कृतिक संरक्षण र विकासका लागि लड्ने व्यक्ति, समुदाय र संस्थाहरुलाई संगठित र एकतावद्ध गरी संघर्ष गर्ने छ । घोषणा पत्रमा भनिएको छ, कर्णाली क्षेत्र र यस क्षेत्रका जनतामाथि हुँदै आएको उत्पीडन, उपेक्षा, असमानता र विभेदका विरुद्ध हुने हरेक संघर्ष र आन्दोलनमा मोर्चाको एक्यवद्धता रहने, कर्णाली नेपालको एक अभिन्न हिस्सा भएकोले नेपालको सीमा क्षेत्रको जुनसुकै भौगोलिक क्षेत्रमा हुने अतिक्रमण र हस्तक्षेपका विरुद्ध संघर्ष गर्ने, नेपाल र नेपाली जनतामाथि हुने राजनैतिक, आर्थिक, भौगोलिक र धार्मिक–सांस्कृतिक रुपमा हुने वैदेशिक हस्तक्षेपको विरोध र संघर्ष गर्ने

एमसिसि खारेजीको माग :

घोषणा पत्रमा भनिएको छ, नेपाल औपनिवेशिक नीति स्वीकार गर्दैन । साथै मोर्चा सदैव नेपालको स्वाधीनताको पक्षमा उभिने छ र संघर्ष गर्ने छ । कर्णाली मुक्ति मोर्चा विगतमा सरकारको तर्फबाट भएका सुगौली सन्धी तथा सन १९५०, विप्पा, सुपर्दगी लगायतका सम्पूर्ण असमान सन्धी, संझौताहरुको विरोध गर्ने र सवै असमान सन्धी संझौताहरुको खारेजीको माग गर्ने उल्लेख छ । मोर्चाले एमसीसी संझौतालाई जनताको सार्वभौमिकता र स्वाधिनताका विरुद्ध अमेरिकाले लागेको घोर राष्ट्रघाती संझौता भएको ठहर गर्दै यसलाई खारेज गर्ने निर्णय गरेकार र नेपाल सरकार र अमेरिकी सरकार बीच भएको एसपीपी सहमतिलाई एमसीसीकै कार्यान्वयनको सैन्य कदम हो भन्ने ठहर गर्दै यसलाई तुरुन्त फिर्ता गर्न र नेपाली जनताको सार्वभौम अधिकारको सुरक्षाको ग्यारेण्टी गर्न नेपाल राज्यपक्ष र (संयुक्त राज्य अमेरिका) अमेरिकी सरकारसंग गरको छ ।

मोर्चाले कर्णालीमा हुने विभिन्न खाले भ्रष्टचार, कमिशन, महंगी, कालोबजारी र लघुवित्तको चर्को ब्याजदर र शोषण, आतंक विरुद्ध संघर्ष गर्ने, मोर्चाले सामाजिक, आर्थिक, साँस्कृतिक, शैक्षिक, स्वास्थ्य क्षेत्र र पर्यटकीय लगायत विकास निर्माणका कामहरुमा विभिन्न व्यक्ति–व्यक्तित्व, विज्ञहरुसँग भेटघाट, छलफल, अन्तरक्रिया गरी आवश्यक सुझाव संकलन गर्ने बताउदै जनतन्त्र, जनजिविका, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, समानता, शान्ति र सम्मृद्धिको पक्षमा विचार, व्यक्ति, संघ संस्थासँग सहकार्य र मोर्चावन्दी गरी संघर्ष संञ्चालन गर्ने छ । मोर्चाले आत्मनिर्भरताका लागि उत्पादनमा जोड दिने छ र उत्पादित बस्तुहरुलाई बजारिकरण र सहकारीकरण गर्ने उल्लेख छ ।

पत्रकारले सोधेको जिज्ञासामा मोर्चा जनयूद्ध कालमा पनि भएको बताईएको छ । संयोजक भण्डारीले वि.सं २०५६ सालमा जनयूद्धका सहिद विश्वनाथ योगीको नेतृत्वमा कर्णाली मुक्ति मोर्चाको शुरु भई विभिन्न नेताहरुले नेतृत्व गरिरहेको र हाल पुन व्यूताईएको बताईएकोछ । संयोजक भण्डारीले तत्कालिन जनसरकार प्रमुख तथा जनयूद्धका सहिद सहिद परानबहादुर धराला र नेता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) सहितका नेताहरुले नेतृत्व गरिसकेको मोर्चा अभियान फेरी शुरु गरिएको बताउनुभयो ।

द्धन्द्धकालिन मुद्दा उठाए तुरुन्तै प्रतिकार गछौ :

पत्रकार भेटघाटमा नेपाल कम्यूनिष्ट पार्टीका स्थायी कमिटि सदस्य सन्तोष बुढामगरले जनयूद्धकालिन मुद्धा उठाउनु राम्रो नभको भन्दै कसैले त्यस्तो काम गर्छ भने तुरुन्तै प्रतिकार गर्ने बताउनुभयो । पत्रकारले नामका पछाडि सवैको किन (सि) जोडियो भन्ने जिज्ञासामा उहाँले मानिसको थरमा समेत विभेद भएकाले आफ्नो पार्टीले सवै मानिस एकै भएकाले सवैको पछाडि (सि) जोड्न शुरु गरेको जानकारी दिनुभयो । उहाँले सि को अर्थ कम्यूनिष्ट हो, समानता हो, विभेद रहित समाज रहेको बताउनुभयो । मोर्चाको गठन गर्न यतिवेला नेपाल कम्यूनिष्ट पार्टीका जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्लाका नेताहरु अहिले जुम्लामा सहभागी छन् । मोर्चाले आईतवार जिल्लामा भेला गरेर मोर्चा गठन गरेको नेपाल कम्यूनिष्ट पार्टी जुम्लाका र्इंनचार्ज तथा केन्द्रीय सदस्य विर्खवहादुर शाहीले जानकारी दिनभयो ।

क्याप्सन : कर्णाली मुक्तिमोर्चा समिति गठन पत्रकार भेटघाट तस्बिर नेत्र शाही जुम्ला ।

 

प्रतिकृया दिनुहोस्