OnlinePana

आज : २०८२ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ३०, २०७९
३२४ पटक

फागुन ३० गते । एक घर एक रोजगार वनाउने व्यवस्थाका लागि सहिद परिवारले माग गरेका छन् ।
जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा (तामाङ) सँगको भेटघाटमा जनयूद्धको क्रममा ज्यान गुमाएका सहिद परिवारले रोजगारीको व्यवस्था गर्न माग गरेका हुन् ।

उनिहरुले परिवारले ज्यान गुमाएका कारण आफुहरुलाई जीवनभरी पिडा भईरहेको भन्दै सरकारले एक परिवार एक रोजगारको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । सहिद परिवार समाज जुम्लाका अध्यक्ष जुम्ला गुठिचौर ५ निवासी बिष्णु बहादुर भण्डारीले गणतान्त्रिक व्यवस्था ल्याउन ज्यान गुमाउने परिवारमा कम्तिमा एक जनाको रोजगारी भईदिएको न्याय हुने बताउनुभयो । उहाँले द्धन्द्धकालमा आफ्नो छोरा नवराज भण्डारी गुमाएको बताउनुभयो ।

गुठीचौर ४ निवासी ६८ बर्षिय राममाय पाण्डेले युद्धकालमा आफ्नो छोरा टेकेन्द्र गुमाएको मात्रै नभई थुप्रै सहिद परिवारलाई राहात दिने कार्यक्रम गर्न अनुरोध गर्नुभयो । सांसद लामाले सहिद परिवार सँगको भेटघाटमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा सहिद परिवारले सरकारले दिने सहिद स्मृति भत्ता आमा वावु, श्रीमति र श्रीमानले मात्रै वुझ्ने व्यवस्था भएकाले अन्य परिवारले समेत वुझ्ने गरि कार्यविधि परिवर्तन गरिनुपर्ने, कम्तिमा सहिदहरुको सम्झनामा शालिक निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

सांसद छिरिङ ल्हामु लामा तामाङले सहिद परिवारको गुनासो तथा सुझाव सुनेपछि विषयमा सवै नितिगत तहमा लिन आवश्यक भएकाले नेपाल सरकारका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल समक्ष पुरयाउन पहल गर्ने बताउनुभयो । उहाँले सहिद परिवारले गरेको योगदानका कारण यो व्यवस्था आएको र समानुपातिक व्यवस्थाका कारण सांसद भएको भन्दै गणतान्त्रिक व्यवस्थाका लागि योगदान पुरयाउने सहिद र परिवर्तनकारी सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

सांसद लामाले सहिदका मागलाई सरकार र पार्टी नेतृत्व सँग जोडदार अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए । सांसद छिरिङ ल्हामु लामा तामाङलाई नेकपा माओवादी केन्द्रले जुम्लाबाट प्रतिनिधिसभामा समानुपातिक सांसद लिएको थियो । उहाँ मुगाली समुदायको अहिले सम्मको पहिलो सांसद हुनुहुन्छ ।

 

प्रतिकृया दिनुहोस्