OnlinePana

आज : २०८१ जेठ १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन २७, २०७९ जुम्ला,
४५८ पटक

फागुन २७ गते । जुम्लाको सिजा बहुमुखी क्याम्पसमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी संघ (अखिल क्रान्तिकारी) बाट सन्तोष आचार्य निर्विरोध निर्वाचित भएका छन् ।

स्वतन्त्र विद्यार्थी यूनियनको प्रकाशित तालिका अनुसार सभापतिमा उम्मेदवारी नेकपा माओवादी केन्द्र निकट (अखिल क्रान्तिकारी) का आचार्यको मात्रै दर्ता भएकाले निर्विरोध निर्वाचित भएका हुन् ।

सिंजा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख तथा स्वतन्त्र विद्यार्थी यूनियन निर्वाचन समितिका संयोजक तिर्थबहादुर नेपालका अनुसार निर्वाचन तालिका अनुसार आज फागुन २७ गते ११ बजे देखी २ बजे सम्म आचार्य सहित ५ जनाको दर्ता भएको छ ।

उहाँका अनुसार सभापतिमा सन्तोष आचार्य, सुनकेशा बुढा सचिव, दानबहादुर कामी कोषाध्यक्षको एकल उम्मेदवारको रुपमा दर्ता भई निर्वाचित भएका छन् । यसैगरी सदस्यमा गोपाल बुढा र अञ्जु आचार्य रहेका छन् । क्याम्पस स्रोतका अनुसार अखिल क्रान्तिकारीका आचार्य सभापति, सचिवमा अनेरास्वयिू र कोषाध्यक्षमा नेकपा एकिकृत समाजवादीको विद्यार्थी संगठनले मात्रै दर्ता गरे अनुसार सोही अनुसार निर्विरोध निर्वाचित भएका छन् ।

 

 

प्रतिकृया दिनुहोस्