OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

६० वडा, ८ पालिका, प्रदेश र केन्द्र सरकारलाई माओवादीले एकै पटक वुझायो विकासको मागपत्र

प्रदेश र केन्द्र सरकारलाई पेश गरिएका विकास र समृद्धिका माग सहित

कोरपाटी संवाददाताफागुन २५, २०७९ जुम्ला,
३३९ पटक

फागुन २५ गते । नेकपा माओवादी केन्द्र जुम्लाले एकै पटक सवै सरकारलाई विकासका मागपत्र पेश गरेको छ ।
नेकपा माओवादी केन्द्र जुम्लाले यहाँका ६० वटा वडा, ८ वटा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आवश्यकता अनुकुलका माग पेश गरेको हो । माओवादीले विकासका माग पत्र पेश गरि सकेपछि पत्रकार भेटघाट आयोजना गरेर जानकारी गरेको छ ।

नेपाल पत्रकार महासंघ जुम्लाको हलमा गरिएको पत्रकार भेटघाटमा जिल्ला पार्टीले प्रदेश सरकार र केन्द्र सरकारलाई स्थानीय तहबाट आएका विकासका कार्यक्रमहरु पेश गरिएको सूची सार्वजनिक गरेको छ । जिल्ला संयोजक विरवहादुर कुँवरले प्रस्तुत गर्नु भएको पेश गरिएका माग पत्रमा सड्क,पुल, उर्जा सिँचाइ सञ्चार, शिक्षा, स्वास्थ्य, खानेपानी, यूवा खेलकुद तथा पर्यटन, कृषि तथा पशु र आर्थिक उत्पादन बिषयमा योजनाहरु केन्द्र सरकार र प्रदेश सरकारलाई जिल्ला प्रशासन कार्यालय मार्फत पेश गरिएको छ ।

पत्रकार भेटघाटमा नेकपा माओवादी केन्द्र जिल्ला ईन्चार्ज नरेश भण्डारीका अनुसार जिल्लाका विकासका मागहरुमा कर्णाली राजमार्ग, नाग्म गमगडि देखी नाक्चे लाग्ना कालोपत्रे, जुम्ला जाजरकोट, जुम्ला डोल्पा जोड्ने सड्क विस्तार तथा कालोपत्रे, विधुत विकास वोर्डले अगाडि बढाएको १७५ मेघावाट विधुत परियोजना अगाडि बढाईनुपर्ने, १ मेघावाटको चुकेनी जलविधुतलाई दशै सम्म जुम्ला उज्यालो हुनेगरी अगाडि बढाईनुपर्ने माग रहेका जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण हुन नसकेको सवै टेलिफोन टावर फोरजी सहित सुचारु गरिनुपर्ने, जुम्लाबाट राष्ट्यि स्तरमा काम गर्ने पत्रकारलाई तलवी वनाईनुपर्ने, लोककल्याणकारी विज्ञापन दुर्गम केन्द्रीत, क्षमता अभिबृद्धि तालिममा जोड, पत्रकार महासंघको भवन निर्माण, कर्णाली सभामा दर्ता भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना गरिनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको बहुबर्षिय योजना स्विकृत गरि आवश्यक बजेट व्यवस्थापन गरियोस, सिञ्जा क्षेत्रमा अस्पताल निर्माण तथा हरेक पालिकामा ५ देखी १० शैयाका अस्पताल निर्णय कार्यान्वयन गरियोस ।

उहाका अनुसार बृहत धौलिगाड खानेपानी आयोजनाको सिघ्र कार्यान्वयन गरिनुपर्ने, जुम्ला विमानस्थलको स्तरबृद्धि सहित फ्यूल सेन्टर स्थापना, विश्वकै अग्लो स्थानमा धान फल्ने क्षेत्र छुमचौर नजिकको लोटचौरमा शुरु भएको हाईल्टिच्यूट सेन्टरलाई बहुबर्षिय योजना गरियोस, राजासिममा रंगशालाको क्षमता अभिबृद्धि गरि अगाडि बढाईयोस, ऐतिहासिक चन्दननाथ भैरवनाथ मन्दिर, डुडुल चैत्यको स्तरउन्नति, सिञ्जा सभ्यता विधेयक पारित गरिनुपर्ने, चौरी तथा भेडा पालनको व्यवसायीकर(कार्यक्रम, केन्द्र सरकारबाट गोठालो भत्ता कार्यक्रम ल्याईयोस भन्नेछ माग छन् ।
यसैगरी मागपत्रमा जुम्लालाई भाषिक तथा सास्कृतिक राजधानी घोषणा गरिनुपर्ने, गणतन्त्र प्राप्तिका लागि घाईते भएकालाई गणतन्त्र सेनानी घोषणा गरिनुपर्ने, पातारासी र तिलामा नुन र खाद्य तथा नूनको डिपोको पहल गरिनुपर्ने , जुम्लाका कृषि र वागवानी अनुसन्धान केन्द्रमा आवश्यक स्रोत, वजेट र जनशक्तिको व्यवस्था गरिनुपर्ने माग राखिएको छ ।

यसैगरी नितिमा आएको सिंजा क्षेत्रको खिच्चनेमा विशेष आर्थिक क्षेत्रको कार्यान्वयन गरिनुपर्ने, पातारासीको खालीमा जडिवुटि केन्द्रको स्थापना गरिनुपने सहित विभिन्न मागहरु रहेका छन् । यसैगरी ३३ केभीको राष्ट्यि प्रशारणलाईन सिघ्र कार्यान्वयन गरिनुपर्ने लगायतका दर्जनौ माग पेश गरिएका छन् । पत्रकार भेटघाटमा माओवादी केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्र्ज भण्डारीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको विकास र समृद्धिका कार्यक्रमहरुको योजना तथा माग वैंक तयार पारिएको छ । यसमा जिल्लाका अन्य राजनैतिक दल सहित सरोकारवाला निकाय सँगको सूझाव संकलन गरिनेछ । उहाँका अनुसार आज एकै दिन जुम्लाका ६० वडा, आठ स्थानीय तहमा पनि विकासका माग पेश गरिएका छन् । माओवादी जुम्लाले यस प्रकारका मागले सवै सरकारलाई कार्यक्रम तय गर्न सहयोग हुने समेत दावी छ ।

 

 

सम्माननीय प्रधानमन्त्री ज्यु,                                                                                      मिति : २०७९/११/२५

प्रधानमन्त्रीको कार्यालय,

सिंहदरवार, काठमाडौं ।

मार्फत्

श्री प्रमुख जिल्ला अधिकारी

जिल्ला प्रशासन कार्यालय, जुम्ला ।

        विषय : मागहरु पेश गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा जुम्ला जिल्ला खस भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल, विशाख खस साम्राज्यको राजधानी तर राज्यको राजनीतिक, आर्थिक र सामाजिक दृस्टिले पछाडि परेको तथ्य विदितै छ । तसर्थ प्रचुर सम्भावनायुक्त जुम्ला जिल्लाका तपसिल बमोजिमा विकास निर्माण र सुशासनसँग सम्बन्धित मागहरु सम्वोधनका लागि अनुरोध छ ।

 

 

सडक तथा पुल

  • निम्न पक्की पुलहरु तथा सडकहरु निर्माण, बिस्तार तथा कालोपत्रे कार्य अगाडी बढाइयोस् :
  • सुर्खेत – जुम्ला सडक(विस्तार तथा कालोपत्रे)
  • नाग्म – गमगडी − नाक्चेनाग्ला, मुगु सडक (विस्तार तथा कालोपत्रे)
  • जुम्ला – डोल्पा – मनाङ्ग – मुस्ताङ सडक (विस्तार तथा कालोपत्रे)
  • जुम्ला – जाजरकोट सडक (विस्तार तथा कालोपत्रे)
  • जुम्ला बजार – पटमारा – बुलबुले सडक(विस्तार तथा कालोपत्रे)
  • तलिउम – भाटगाँउ सिंजा सडक
  • त्रिबेणी –डाँगीबाडा –दानसाँगु सडक (रारा) सडक
  • उर्जु –स्याला गडीगाँउ –चुत्र सडक स्तरोन्नती सडक
  • सिञ्जा बहुमुखी क्याम्पस – पलाता कालिकोट सडक
  • गडिगाँउ –सर्मी डोल्पा सडक
  • लुम न्याउरीगाड मुन्दु कोटिला रारा सडक
  • तातोपानी गापा, राँका पक्की पुल
  • पातारासी गापा, पेरे पक्की पुल
  • गुठीचौर गापा, बाविला पक्की पुल
  • गुठीचौर गापा, कुडी साङ्टा पक्की पुल
  • गुठीचौर गापा, मनिसाँगु पक्की पुल
  • तातोपानी गापा हाँकु पक्की पुल
  • तातोपानी गापा तातोपानी पक्की पुल
  • कनकासुन्दरी गापा, कोटघर पक्की पुल
  • चन्दननाथ गापा, खल्लासाँगु पक्की पुल
  • सिञ्जा गापा, रनुखाना पक्की पुल

उर्जा, सिंचाई तथा संचार

  • बोलपत्र आब्हान भइसकेको ३३ केबी विद्युत प्रशारण लाइनलाई सिघ्र कार्यान्वयनमा ल्याइयोस् ।
  • १३२ केबी विद्युत प्रशारण लाइनसँग जुम्लालाई आबद्ध गर्न प्रक्रिया अगाडि बढाइयोस् ।
  • विद्युत विकास बोर्डले १७५ मेघावाट क्षमताको तिला हिमा जनविद्युत आयोजना निर्माणको निर्णय गरेको तर जुम्लाको जलश्रोतको क्षमता अनुसार अगाडी बढाउन प्रक्रिया प्रारम्भ गरिएको ७५ मेघा वाटको तिला जलविद्युत आयोजनालाई सिघ्र कार्यान्वयनमा ल्याइयोस् ।
  • निर्माण कम्पनीका कारण निर्माणमा विलम्व हुन गइरहेको चुकेनी जलविद्युत आयोजनाको सिघ्र कार्यान्वयन तथा जुम्लाका ग्रामिण बस्तीहरुमा यथासक्य चाँडो बिद्युत प्रशारण तथा वितरण लाइन(बोलपत्र आव्हान भइसकेको) पुर्याइ आगामी दशैंसम्म लोडसेडिङ मुक्त उज्यालो जुम्ला सम्भव तुल्याइयोस् ।
  • निर्माण हुन नसकेका टेलिफोन टावरहरुको निर्माण कार्य अविलम्ब सम्पन्न गरी जिल्लाव्यापी 4G सेवा विस्तार गरियोस् ।
  • दुर्गम क्षेत्रबाट राष्ट्रिय स्तरमा कार्यरत क्रियाशिल पत्रकारहरुलाई न्युनतम पारिश्रमिक ऐनको व्यवस्था अनुसार नियमित तलब तथा सेवा सुविधा उपलब्ध गराउने व्यवस्था गरियोस् ।
  • दुर्गम क्षेत्रबाट संचालित मिडियाहरु लाभान्वित हुनेगरी लोक कल्याणकारी विज्ञापनलाई वितरणको व्यवस्था गरिनुका साथै दुर्गम क्षेत्रमा सक्रिय पत्रकारहरुको क्षमता अभिवृद्धि गरियोस ।
  • नेपाल पत्रकार महासंघ, जुम्लाको भवन निर्माण तथा घेरवारका लागि आवश्यक बजेटको व्यवस्था गरियोस् ।
  • हुरी महरी लुम लोर्प सिंचाई आयोजना
  • उर्जु तातोपानी रारालिही सिंचाई आयोजना
  • हाडसिञ्जा बालथोप्डा सिंचाई आयोजना
  • राजीकोट मिचा गरमकुलो सिंचाई आयोजना
  • झारज्वाला धिता सिंचाई आयोजना
  • राका तराफी लिफ्ट सिंचाई आयोजना
  • सुन्तली लिफ्ट संचाई आयोजना

शिक्षा तथा स्वास्थ्य

  • जुम्लामा स्थापना गर्नेगरी कर्णाली प्रदेश सभामा विधेयककारुपमा पेश भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरियोस् ।
  • जुम्ला बहुमुखी क्याम्पसको भौतिक पुर्वाधार विकास तथा एलएलएम लगायतका संकायहरु(Faculty) विस्तार गरियोस् ।
  • सिञ्जा बहुमुखी क्याम्पसलाई आंगिक बनाइयोस ।
  • प्राविधिक जनशक्ति उत्पादनका लागि इन्जिनियरिङ्ग र कृषि क्याम्पस स्थापना गरियोस् ।
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा MBBS, BN, BMS, BPH, Pharm. लगायत शैक्षिक कार्यक्रमहरुको सिट संख्या बृद्धि गरि पुर्वाधार विकासका लागि प्रस्तावित बहुबर्षिय आयोजना(चेरेचौर धिताचौर) स्वीकृत गरी आवश्यक बजेट व्यवस्था गरियोस् ।
  • सिञ्जा क्षेत्रमा जिल्ला अपस्ताल स्थापना गरियोस् । हरेक गाउँपालिकामा ५ देखी १० शैया सम्मका अस्पताल निर्माण गर्ने संघिय सरकारद्वारा गरिएको निर्णय सिघ्र कार्यान्वयनमा ल्याइयोस् ।

खानेपानी

  • बाइराँका खानेपानी आयोजना
  • मालिकावोता जिअँ पातरखोला खानेपानी आयोजना
  • तराफी खानेपानी खानेपानी आयोजना
  • हुरी महरी बृहत खानेपानी आयोजना
  • बोलपत्र आव्हान भइसकेको धौलीगाड खानेपानी आयोजनालाई सिघ्र कार्यान्वयन गरियोस् ।

युवा, खेलकुद तथा पर्यटन

  • दुर्गम क्षेत्रलाई लक्षितगरी आवश्यक मात्रामा सरकारी जहाजहरु खरिद गरियोस् । जुम्लालाई प्रदेश राजधानीसँग प्रत्यक्ष जोडन नियमित हवाई सेवा प्रवाहको ज्ञारेन्टी गरियोस् ।
  • जुम्ला विमानस्थलको स्तरोन्नती तथा धावन मार्ग विस्तार गरी फ्युल सेन्टर अविलम्ब स्थापना गरियोस ।
  • प्राइभेट एयरलाइन्सले भर्ने उडानमा अनिवार्य E− ticketing व्यवस्था गरियोस ।
  • बहुवर्षिय आयोजना स्वीकृत गरी हाई अल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण कार्यलाई कार्यान्वयनमा ल्याइयोस ।
  • राजासिममा निर्माणका लागि बोलपत्र आव्हान भएको रंगशालाको क्षमता वृद्धि गरी अन्तर्रास्ट्रिय मापदण्ड अनुसारको निर्माण गरियोस् ।
  • प्रचुर सम्भावनायुक्त युवा जनशक्तिलाई जिल्लामानै रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न विशेष युवा विशेष रोजगार कार्यक्रम घोषणा गरियोस् ।
  • युवाहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्न उच्चशिक्षामा छात्रबृति र व्यवशायिक तालिमको व्यवस्था गरियोस ।
  • ऐतिहासिक तथा पुरातात्विक महत्वको तर ओझेलमा परेको चन्दनानाथ भैरवनाथ तथा कनकासुन्दरी मन्दिरको पर्यटकीय गुरु योजना निर्माण गरी आवश्यक बजेटको व्यवस्था गरियोस् । डुडुल चैत्य र बौद्ध शान्ति पार्क गुम्बाको स्तरोन्नती गरियोस् ।
  • भुरिचुल्ला − गिडि दह − नदै डाब – ठाकुरज्यु – विष्ठज्यु − चाखुरे − पातारासी दुत कुण्ड – कनकासुन्दरी − सिञ्जा खस राजधानी

कृषि तथा पशु

  • रैथाने बालीको व्यवसायिकरण तथा बजारीकरणका विशेष कार्यक्रम कार्यान्वयनमा ल्याइयोस् ।
  • चौरी तथा भेडाको पालनको व्यवसायिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरियोस् । उत्पादकहरुलाई प्रोत्साहित गर्न गोठालो भत्ताको कार्यक्रम ल्याइयोस् ।
  • जुम्ला जिल्ला स्तरीय वृहत शित भण्डार तथा हरेक पालिकामा १ वटा शित भण्डार निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरियोस् ।
  • सिञ्जा सभ्यताको संरक्षण तथा विकास गर्न सिञ्जा सभ्यता संरक्षण तथा विकास विधेयक अविलम्ब पारित गरियोस् ।
  • जुम्ला जिल्लालाई भाषिक तथा साँस्कृतिक राजधानी घोषणा गरियोस् । भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्धन गर्नका लागि भाषिक तथा साँस्कृतिक बस्ती निर्माण गर्न आवश्यक बजेट विनियोजन गरियोस् ।
  • जुम्लाको सम्भाव्यतालाई मध्यनजर गर्दै जुम्ला जिल्लामा हिमाली शहर घोषणा गरी आवश्यक बजेट व्यवस्था गरियोस ।
  • तिला हिमा भेरी खोला विशेष तटबन्ध परियोजना कार्यान्वयनका ल्याइयोस् ।
  • शहिद र बेपत्ता परिवारहरु तथा घाइते योद्धाहरुको भरण पोषण तथा रोजगारीको अनिवार्य व्यवस्था गरियोस् । उनीहरुका शन्ततीहरुलाई निशुल्क उच्च शिक्षासम्म व्यवस्था गरियोस् ।
  • गणतन्त्र स्थापनार्थ जीवनको प्रवाह नगरी जनयुद्ध, जनआन्दोलन तथा मधेश आन्दोलनमा होमिने जनमुक्ति सेना तथा घाइते योद्धाहरुलाई गणतन्त्र सेनानी घोषणा गरियोस् ।
  • घाइते अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाहरु दरदैलोमा उपलब्ध गर्ने व्यवस्था सुनिश्चित गरियोस् ।
  • मालपोत, नापी, अस्पताल जस्ता जनतासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी कार्यालयहरुका सेवा प्रवाहमा भइरहेको ढिला सुस्ती र हैरानीको अन्त्यका आवश्यक जनशक्ति, साधनश्रोत र प्रविधिको व्यवस्था गरियोस् ।
  • जुम्लाका विकट क्षेत्रका नागरिकहरुको सहज पहुँचका पातारासी गाँउपालिका र तिला गापाको कठिनामा खाद्य तथा नुनु डिपो स्थापना गरियोस ।
  • दुर्गम क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जीनियर, डक्टर जस्ता प्राविधिक विषयमा उच्चशिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरियोस् ।
  • कर्णाली प्रदेशमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुलाई प्रोत्साहित गर्नका लागि प्रोत्साहन भत्ता तथा बृति विकासको विशेष व्यवस्था गरियोस् ।
  • कनकासुन्दरी गापाको खिच्चनेमा स्थापना गर्न भएको विशेष आर्थिक क्षेत्र स्थापनाको निर्णय अबिलम्व कार्यान्वयन गरियोस् ।
  • जुम्ला जिल्लाका विकास आयोजनामा विनियोजित रकम कार्यान्वयनमा विशेष जोड दिइयोस् ।
  • हिमाली क्षेत्रको सम्भाब्यतामा केन्द्रित रही अध्ययन अनुसन्धान गर्न स्थापित वागवानी अनुसन्धान केन्द्र, कृषि अनुसन्धान केन्द्र, पर्वतीय कृर्षि अनुसन्धान प्रतिष्ठान, वनस्पति अनुसन्धान केन्द्रले, भेडा तथा बाख्रा अनुसन्धान केन्द्रले परिभाषित कार्य सम्पादन गर्न नसकेको हुँदा आवश्यक साधन श्रोत, बजेट र जनशक्तिको व्यवस्था गरी उल्लेखित संस्थाहरुलाई प्रभावकारी बनाइयोस् ।
  • जुम्ला सदरमुकाममा विगत एक दशकदेखी निर्माण अवरुद्ध भएको बहु उद्देश्यिय सभा हल निर्माण कार्य अविलम्ब सम्पन्न गरियोस् ।
  • विपदका कारणका क्षतिग्रस्त र आंसिक क्षति भएका घर तथा सार्वजनिक भवन, बाटो घाटो, पुल लगाइतका संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि आवश्यक व्यवस्था गरियोस् ।
  • विपद पीडितहरुलाई उचित राहतको व्यवस्था गरियोस् ।

आर्थिक तथा उत्पादन

  • कनकासुन्दरी गापा(सिंञ्जा) स्थित खिच्चनेमा बिशेष आर्थिक क्षेत्र स्थापनार्थ आ.ब∙ २०६४/०६५ मा संघिय संसदमा प्रस्तुत एवं पारित नीति तथा कार्यक्रम भई कार्यान्वयन सुरु समेत भइसकेको तर हाल कार्यान्वय हुन नसकेको हुँदा सोको कार्यान्वयका लागि आवश्यक बजेट व्यवस्था सहित कार्यान्वयन गरियोस् ।
  • स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न जुम्ला लगायत कर्णाली प्रदेशमा २० वर्षका लागि कर मिनाहको नीति ल्याइयोस् ।
  • स्वरोजगार तथा रोजगारी सिर्जना गर्न स्थानीय व्यवशायीहरुलाई न्युन व्याज दरमा ऋण तथा अनुदानको व्यवस्था गरियोस ।
  • पातारासी खालीमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरियोस् ।

 

 

संयोजक                                                                                                                                         इन्चार्ज

वीरबहादुर कुँवर(शुरेश पहाडी)                                                                                                    नरेश भण्डारी

नेकपा(माओवादी केन्द्र), जुम्ला ।                                                                                     नेकपा(माओवादी केन्द्र),जुम्ला ।

—————————————————————————————————————————-

 

माननीय मुख्यमन्त्री ज्यु,                                                                                                                मिति : २०७९/११/२५

मुख्यमन्त्री  तथा मन्त्रीपरिषदको कार्यालय,

सिंहदरवार, काठमाडौं ।

मार्फत्

श्री प्रमुख जिल्ला अधिकारी,

जिल्ला प्रशासन कार्यालय, जुम्ला ।

  विषय : मागहरु पेश गरिएको सम्बन्धमा ।

प्रस्तुत विषयमा जुम्ला जिल्ला खस भाषा, सभ्यता र संस्कृतिको उद्गमस्थल, विशाख खस साम्राज्यको राजधानी तर राज्यको राजनीतिक, आर्थिक र सामाजिक दृस्टिले पछाडि परेको तथ्य विदितै छ । तसर्थ प्रचुर सम्भावनायुक्त जुम्ला जिल्लाका तपसिल बमोजिमा विकास निर्माण र सुशासनसँग सम्बन्धित मागहरु सम्वोधनका लागि अनुरोध छ ।

सडक तथा पुल

  • निम्न पक्की पुलहरु तथा सडकहरु निर्माण, बिस्तार तथा कालोपत्रे कार्य अगाडी बढाइयोस् :
  • जुम्ला – जाजरकोट सडक (विस्तार तथा कालोपत्रे)
  • जुम्ला बजार – पटमारा – बुलबुले सडक(विस्तार तथा कालोपत्रे)
  • गोठीज्युला – खतेड मुगु सडक स्तरोन्नती
  • जुम्ला बजार – जलजला –गोठीज्युला सडक
  • बाग बजार – पातरखोला कालिकोट सडक
  • बड्की –वदी कालिकोट सडक
  • रारालिही –ढिपु सडक निर्माण
  • रारालिही –मोफ्ला –कनकासुन्दरी सडक
  • हुरी महरी –मुगु सडक
  • गडिगाँउ –सर्मी डोल्पा सडक
  • तातोपानी गापा, राँका पक्की पुल
  • पातारासी गापा, लुम पक्की पुल
  • पातारासी गापा, पेरे पक्की पुल
  • गुठीचौर गापा, मनिसाँगु पक्की पुल
  • पातारासी गापा, गडीगाँउ पक्की पुल
  • तातोपानी गापा इमिल्चा पक्की पुल
  • तिला गापा भेरी खोला पक्की पुल
  • हिमा गापा, बड्की जोगिबाडा पक्की पुल
  • कनकासुन्दरी गापा, न्याउरीगाड पक्की पुल
  • कनकासुन्दरी गापा, धोवीगाड पक्की पुल

उर्जा, सिंचाई तथा संचार

  • भाडगाँउ शनीगाँउ धितालिही सिंचाई आयोजना
  • पाउँसेरा देखी चुलेल गाँउ सिंचाई आयोजना
  • राजीकोट मिचा गरमकुलो सिंचाई आयोजना
  • झारज्वाला धिता सिंचाई आयोजना
  • कुडारी रारालिही लिफ्ट सिंचाई आयोजना
  • ह्यखोला लिफ्ट सिंचाई आयोजना
  • उखाडी विगारे लिफ्ट सिंचाई आयोजना
  • नेपाल पत्रकार महासंघ, जुम्लाको भवन निर्माण तथा घेरवारका लागि आवश्यक बजेटको व्यवस्था गरियोस् ।
  • दुर्गम क्षेत्रबाट संचालित मिडियाहरु लाभान्वित हुनेगरी लोक कल्याणकारी विज्ञापनलाई वितरणको व्यवस्था गरिनुका साथै दुर्गम क्षेत्रमा सक्रिय पत्रकारहरुको क्षमता अभिवृद्धि गरियोस ।

शिक्षा तथा स्वास्थ्य

  • जुम्लामा स्थापना गर्नेगरी कर्णाली प्रदेश सभामा विधेयककारुपमा पेश भएको पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गरियोस् ।

खानेपानी

  • रारालिही खानेपानी आयोजना
  • हुरी महरी बृहत खानेपानी आयोजना

युवा, खेलकुद तथा पर्यटन

  • बहुवर्षिय आयोजना स्वीकृत गरी हाई अल्टिच्युट ट्रेनिङ्ग सेन्टर निर्माण कार्यलाई कार्यान्वयनमा ल्याइयोस ।
  • प्रचुर सम्भावनायुक्त युवा जनशक्तिलाई जिल्लामानै रोजगार तथा स्वरोजगारका अवसर सिर्जना गर्न विशेष युवा विशेष रोजगार कार्यक्रम घोषणा गरियोस् ।
  • युवाहरुको दक्षता तथा क्षमता अभिवृद्धि गर्न उच्चशिक्षामा छात्रबृति र व्यवशायिक तालिमको व्यवस्था गरियोस ।
  • ऐतिहासिक तथा पुरातात्विक महत्वको तर ओझेलमा परेको चन्दनानाथ भैरवनाथ तथा कनकासुन्दरी मन्दिरको पर्यटकीय गुरु योजना निर्माण गरी आवश्यक बजेटको व्यवस्था गरियोस् । डुडुल चैत्य गुम्बाको स्तरोन्नती गरियोस् ।
  • भुरिचुल्ला − गिडि दह − नदै डाब – ठाकुरज्यु – विष्ठज्यु − चाखुरे − पातारासी दुत कुण्ड – कनकासुन्दरी − सिञ्जा खस राजधानी
  • कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषबाट स्थापनार्थ निर्णय भएको पर्वतीय प्रहरी प्रशिक्षण प्रतिस्ठानलाई कार्यान्वयन गरियोस् ।

कृषि तथा पशु

  • स्याउ तथा ओखर विकास बोर्ड गठन गरी आवश्यक बजेटको व्यवस्था गरियोस । रैथाने बालीको व्यवसायिकरण तथा बजारीकरणका विशेष कार्यक्रम कार्यान्वयनमा ल्याइयोस् ।
  • चौरी तथा भेडाको पालनको व्यवसायिकरणका लागि आवश्यक बजेटको व्यवस्था गरियोस् । उत्पादकहरुलाई प्रोत्साहित गर्न गोठालो भत्ताको कार्यक्रम ल्याइयोस् ।
  • जुम्ला जिल्ला स्तरीय वृहत शित भण्डार तथा हरेक पालिकामा १ वटा शित भण्डार निर्माण गर्न आवश्यक बजेटको व्यवस्था गरियोस् ।
  • जुम्ला जिल्लालाई भाषिक तथा साँस्कृतिक राजधानी घोषणा गरियोस् । भाषा तथा संस्कृतिको संरक्षण र प्रबर्धन गर्नका लागि भाषिक तथा साँस्कृतिक बस्ती निर्माण गर्न आवश्यक बजेट विनियोजन गरियोस् ।
  • जुम्लाको सम्भाव्यतालाई मध्यनजर गर्दै जुम्ला जिल्लामा हिमाली शहर घोषणा गरी आवश्यक बजेट व्यवस्था गरियोस ।
  • तिला हिमा भेरी खोला विशेष तटबन्ध परियोजना कार्यान्वयनका ल्याइयोस् ।
  • शहिद र बेपत्ता परिवारहरु तथा घाइते योद्धाहरुको भरण पोषण तथा रोजगारीको अनिवार्य व्यवस्था गरियोस् । उनीहरुका शन्ततीहरुलाई निशुल्क उच्च शिक्षासम्म व्यवस्था गरियोस् ।
  • घाइते अपाङ्ग तथा जेष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता लगायतका सरकारी सेवा सुविधाहरु दरदैलोमा उपलब्ध गर्ने व्यवस्था सुनिश्चित गरियोस् ।
  • सरकारी कार्यालयहरुका सेवा प्रवाहमा भइरहेको ढिला सुस्ती र हैरानीको अन्त्यका आवश्यक जनशक्ति, साधनश्रोत र प्रविधिको व्यवस्था गरियोस् ।
  • दुर्गम क्षेत्रका विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जीनियर, डक्टर जस्ता प्राविधिक विषयमा उच्चशिक्षा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरियोस् ।
  • कर्णाली प्रदेशमा कार्यरत राष्ट्र सेवक कर्मचारीहरुलाई प्रोत्साहित गर्नका लागि प्रोत्साहन भत्ता तथा बृति विकासको विशेष व्यवस्था गरियोस् ।
  • जुम्ला जिल्लाका विकास आयोजनामा विनियोजित रकमको सुन्य फ्रिजको अवधारणा र योजना कार्यान्वयमामा विशेष जोड दिइयोस् ।

आर्थिक तथा उत्पादन

  • स्वरोजगार तथा रोजगारी सिर्जना गर्न स्थानीय व्यवशायीहरुलाई न्युन व्याज दरमा ऋण तथा अनुदानको व्यवस्था गरियोस ।
  • पातारासी खालीमा जडिबुटी प्रशोधन केन्द्र स्थापना गरियोस् ।

 

 

 

संयोजक                                                                                                                                           इन्चार्ज

वीरबहादुर कुँवर(शुरेश पहाडी)                                                                                                   नरेश भण्डारी

नेकपा(माओवादी केन्द्र), जुम्ला ।                                                                                     नेकपा (माओवादी केन्द्र),जुम्ला ।

 

 

 

प्रतिकृया दिनुहोस्