OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २२, २०७९सुर्खेत
४१० पटक

२२ फागुन २०७९, सोमबार

कर्णाली प्रदेश प्रमुख तिलक परियारले नेपाल साँस्कृतिक विविधताको अनुपम संगम भएको बताउनुभएको छ ।

प्रमुख परियारले आज एक शुभकामना सन्देश जारी गर्दै नेपाल जातीय, धार्मिक तथा साँस्कृतिक विविधताको अनुपम संगम भएको बताउनुभएको हो । उहाँले रंगहरुको पर्व होलीले असत्यमाथि सत्यको अवश्यम्भावी विजय हुन्छ भन्ने बलियो सन्देश प्रवाह गर्दै आएको उल्लेख गर्नुभएको छ ।

प्रदेश प्रमुख परियारले विविध संस्कृतिको इन्द्रेणीका रुपमा रहेको नेपाली समाजमा होलीले आपसी सद्भाव, मेलमिलाप, बन्धुत्व, सहिष्णुता, आत्मीय भावनामा अभिवृद्धि गर्दै राष्ट्रिय एकता थप सुदृढ गर्न सहयोग पुर्याएको बताउनुभएको छ । होलीले समाजमा विकृत चीजको निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य एवं न्यायपूर्ण समाज निर्माण गर्न प्रेरणा देओस् भन्दै उहाँले फागुपूर्णिमा (होली) पर्व, २०७९ को अवसरमा देश तथा विदेशमा रहेका नेपाली दाजुभाई दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र आरोग्यताको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्