OnlinePana

आज : २०८१ पौष २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन २१, २०७९ जुम्ला,
३१० पटक

फागुन २१ गते । नेकपा माओवादी केन्द्र जुम्लाले पोखरी घोषणापत्र २०७९ सार्वजनिक गरेको छ ।
माओवादीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको जनयूद्धकालिन हेडक्वाटर दुर्गम पोखरी गाउँमा आयोजित पत्रकार सम्मेलनमा ७ बुद्धे पोखरी घोषणा पत्र जारी गरेको हो । घोषणा पत्रमा माओवादीले विकास र समृद्धि सँगै गणतन्त्र विरुद्ध अफवाह फैलाउने विरुद्धको भण्डाफोर गर्ने उल्लेख छ ।

नेकपा माओवादी केन्द्र जुम्लाले पार्टी सुदृढि अभियानका लागि भन्दै पोखरी घोषणापत्र जारी गरेको छ । जनयूद्धकालमा पार्टी मुकाम वनाएको पोखरी गाउँमा जिल्ला भर खटाईएका १२० बढि अभियानका नेताहरु, स्थानीयको सहभिागितामा ७ बुद्धे घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा सहिदले प्रदर्शन गरेको बाटोमा अविचलित निरन्तर अगाडि बढने, जनतामा वाक्लो उपस्थिति गर्ने, संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धका अफवाह र षढयन्त्रहरुको भण्डाफोर गर्ने, शहर र गाँउको भेद मेटाउन गाँउ केन्द्रित विकासमा जोड दिने, समृद्ध पोखरी गाँउ निर्माणलाई अर्जुन दृष्टी बनाउने, विकास तथा जनजीविकाका समस्याहरु समाधान गर्न अगाडि बढ्ने,
समृद्ध र विकसित जुम्लाको लागि सुढृत र विस्तारित माओवादीको संकल्पलाई कार्यान्वयन गर्ने, रुपान्तरण तथा विस्तार गर्दै सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्ने घोषणापत्र जारी गरिएको छ ।

प्रचण्ड विरुद्धको मुद्दा शान्ति प्रक्रिया विथोल्ने षडयन्त्र :

पोखरी घोषणापत्र जारी पत्रकार भेटघाट कार्यक्रममा माओवादीले समग्र गणतन्त्र व्यवस्थाको अफवाह फैलाउने विरुद्ध भण्डाफोर गर्ने मात्रै नभई पछिल्लो समयमा प्रचण्डमाथीको मुद्दा शान्ति प्रक्रिया विथोल्ने षडयन्त्र रहेको बताईएको छ ।

पत्रकारहरुको जिज्ञामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारीले पछिल्लो समय अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमाथी मुद्दा दर्ता गर्ने बिषय शान्ति प्रक्रिया विथोल्ने र द्धन्द्ध भड्काउने कामको संकेत भएको बताउनुभयो ।
माओवादीले पार्टी सुदृढ अभियान अन्तरगत जुम्लाको जनयूद्धकालिन हेडक्वाटर दुर्गम पोखरी गाउँमा पोखरी घोषणापत्र २०७९ जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शान्ति प्रक्रिया भड्काउने काम न्यायलयलेनै गर्न खोजेमा राम्रो नहुने चुनौति दिएको छ ।

ईन्चार्ज भण्डारीका अनुसार गणतन्त्र र यूगान्तकारी परिर्वतनका पिता प्रचण्डका विरुद्धमा मुद्दा दायर गरिएको छ । जनयूद्धको हेटक्वाटरबाट न्यायपालिकालाई राजनितिक दलको ईकाईको रुपमा र न्यायधीस कुनै पार्टीको कार्यकर्ताका रुपमा प्रस्तुत भएर सिंगो जनताको आस्थामाथी प्रहार नगर्न भण्डारीले चुनौति दिनुभयो ।

जिल्ला अध्यक्ष विरवहादुर कुँवरले घोषणापत्र प्रस्तुत गर्नु भएको थियो । उहाँले ठूलो वलिदानीले आएको संघीय गणतन्त्र व्यवस्थाका विरुद्ध केही चलखेल भईरहेकाले त्यस्ता विरुद्ध समग्र परिवर्तकारी शक्ति लाग्नुपर्ने बताउनुभयो । उहाँले गणतन्त्र व्यवस्था ल्याउन पोखरी गाउँबाट ७ जना सहिद भएका बताउनुभयो । उहाँले पोखरी घोषणा पत्रले माओवादी गाउँ केन्द्रीत भएर जनता सँग काम गर्ने र पहिलो पार्टी हुने सन्देश दिएको बताउनुभयो ।

पोखरी घोषणा पत्रका प्रतिबद्धताहरु :

१ देश र जनताप्रति गम्भीर र संवेदनशिल बन्दै सहिदले प्रदर्शन गरेको बाटोमा अविचलित निरन्तर अगाडि बढने ।

२.जनतानै इतिहासका निर्माता र चालक शक्ति भएको वास्तविकतालाई हृदयंगम गर्दै जनतामा फर्किने ।
३.बलिदानको मुल्यमा प्राप्त भएको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था विरुद्धका अफवाह र षढयन्त्रहरुको भण्डाफोर गर्ने ।

४.शहर र गाँउको भेद मेटाउन गाँउ केन्द्रित विकासमा जोड दिने ,समृद्ध पोखरी गाँउ निर्माणलाई अर्जुन दृष्टी बनाउने ।

५. विकास तथा जनजीविकाका समस्याहरु समाधान गर्न अगाडि बढ्ने ।

६ समृद्ध र विकसित जुम्लाको लागि सुढृत र विस्तारित माओवादीको संकल्पलाई कार्यान्वयन गर्ने ।

७.रुपान्तरण तथा विस्तार गर्दै सुदृढ र एकताबद्ध पार्टी निर्माण गर्ने ।

 

प्रतिकृया दिनुहोस्