OnlinePana

आज : २०८३ जेठ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन १९, २०७९जुम्ला,
४८७ पटक

फागुन १९ गते । नेकपा माओवादी केन्द्र जुम्लाले दुई महिने पार्टी सुदृढ अभियान शुरु गरेको छ । माओवादीले जुम्लामा जिल्ला स्तरीय बृहत प्रशिक्षण कार्यक्रम गरेर अभियान शुरु गरेको हो ।

नेकपा माओवादी केन्द्रका प्रदेश ईन्चार्ज कालिबहादुर मल्ल, प्रदेश पार्टी अध्यक्ष विमला केसी, पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, जिल्ला ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारी सहित केन्द्रीय सदस्य ,प्रदेश सदस्य, जिल्लाका नेताहरु तथा अगुवा कार्यकर्ता सहिद परिवारकोे उपस्थितिमा अभियानको शुरुवात गरिएको हो ।

अभियानमा स्थानीय तह र वडा तह सम्मका कमाण्डहरु तोकेको छ । यसैगरी वडागत रुपमा समेत कमाण्डर तोकेको छ । ८ वटा स्थानीय तह र ६० वटा वडामा ११८ जना पार्टीका अगुवा नेताहरुलाई खटाएको नेकपा माओवादी केन्द्रले जनाएको छ ।

भेलामा माओवादीले दुई महिने पार्टी सुदृढ अभियान शुरु गरेको हो । सो अभियानको कार्ययोजना समेत प्रस्तुत गरिएको छ । पार्टी अध्यक्ष विरबहादुर कुँवरले प्रस्तुत गर्नु भएको कार्ययोजना अनुसार पार्टी सुदृढिकरण अभियानका नेतृत्वहरुलाई टिका लगाएर पठाईएको छ ।
प्रदेश ईन्चार्ज मल्ल, अध्यक्ष केसीले जिल्ला ईन्चार्ज भण्डारी सहित पालिका र वडागत कमाण्डरहरुलाई अविर लगाएर दुई महिने अभियानमा खटाईएको छ । पार्टी सुदृढिकरण अभियानको अवसरमा जनयूद्धको क्रममा ज्यान गुमाएका सहिद परिवार तथा घाईते अपांगता भएका व्यक्तिहरुलाई अभिनन्दन गरिएको छ । सहिद परिवारलाई प्रमाणपत्रले अभिनन्दन गरिएको हो ।

अभियानको क्रममा गरिएको बृहत प्रशिक्षणमा प्रदेश ईन्चार्ज कालीबहादुर मल्लले वर्तमान राष्ट्रिय राजनिति र सत्ता समिकरणको बिषयमा जानकारी गर्नु भएको थियो । उहाँका अनुसार एमालेले एकलौटी सत्ता कब्जा गर्ने उद्देश्य गरेकाले सत्ता समिकरण भएको बताउनुभयो ।
प्रदेश अध्यक्ष विमला केसीले नेकपा माओवादी पार्टी रुपान्तरण हुने नयाँ अभियान भएकाले पार्टी भित्र गुटउपगुट संचालन नगर्न निर्देश्न गर्दै चाडै जुम्लाले नयाँ संयोजक पाउनेमा जोड दिनुभयो ।

जिल्ला ईन्चार्ज नरेश भण्डारीले नेकपा माओवादी पार्टी जिल्लामा एक नम्बर नै गर्नका लागि कार्ययोजना तयार भएको बताउनुभयो । उहाँका अनुसार स्थानीय तह र वडागत पार्टीगत सुदृढ अभियानका लागि अगुवा नेताहरु खटाईएको बताउनुभयो ।

क्याप्सन : नेकपा माओवादी केन्द्रले जिल्ला स्तरमा गरेको पार्टी सुदृढिकरण अभियान तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्